मुन्धुमस्टार डटकम​- गायक, बुद्द राई र अम्बिका राईको स्वर रहेको “मेरो ढुकढुकि” बोल रहेको गीतको म्युजिक भिडियो आज सार्बजनिक भएको छ।

शब्द, संगीत गायक बुद्द राई कै रहेको यो गीतको संगीत सम्योजन सबिन लिम्बुले गरेका छ्न भने मिक्सिङ चन्द्र चौधरीले गरेका हुन​। अकस्टीक रेकर्डीङ स्टूडियोमा राज बाबुले रेकर्ड गरेको यो आधुनिक गीतको म्युजिक भिडीयोमा उर्मिला गुरुङ​ र रबिन थापा मगरको अभिनय रहेको छ। दिपा गर्बुजा मगरको लगानि रहेको यो गीतको नृत्य निर्देशन सरस्वति धिमालले गरेकि छिन भने प्रमोद श्रेष्ठ र आनन्द चक्रवर्तिले छायाङ्कण गरेका हुन​।

D360 RTM युट्युब च्यानलको अफिसियल युट्यूब च्यानलबाट आज सार्बजानिक भ​एको यो गीतलाई भुपेन्द्र गुरुङले निर्देशन गरेका हुन भने यस गीतको म्युजिक भिडीयो सम्पादन बन्दे प्रशादले गरेका हुन​। शब्द, संगीत​, गायककलाको साथै कलाकारहरुको अभिनय तथा प्रस्यतुतिहरुलाई हेर्दा यो गीत राम्रो बनेको छ भन्न सकिन्छ । तसर्थ यो गीतमा सबैले निक्कै मेहनत गरेको र त्यहिँँ अनुसार गीत पनि राम्रो भ​एको कारण आम नेपालिहरु गीत-संगीतका पारखिहरुले यो गीतलाई पनि मनपराई दिने कुरामा आफुहरु बिश्वास रहेको गीत निर्माण पक्षले मुन्धुमस्टार डटकमलाई बताए।

गीतको म्युजिक भिडीयो हेर्नुहोस !