Logo

प्रचण्डको प्रश्न ‘सहजै प्रधानमन्त्री छोड्न म र जसरी पनि प्रधानमन्त्री बन्ने ओली उस्तै हुन् त’ ?


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू र प्रधानमन्त्री केपी शर्मा ओली उस्तै–उस्तै नभएको बताएका छन् ।

आज सम्पादकाहरूसँगको छलफलमा उनले सहजै प्रधानमन्त्री छोड्न आफू र जसरी पनि प्रधानमन्त्री बन्ने ओली उस्तै हुन् त भन्दै प्रश्न गरे ।

उनले आफूहरूभन्दा राम्रा नेता आए छोड्न तयार रहेको पनि बताए ।

प्रचण्डले एमालेका नेता र ओली एउटै पार्टीको भएकाले माधव नेपालले गरेको संघर्ष पेचिलो भएको पनि बताए ।

नेता नेपाललाई परेको अफ्ठ्यारोमा साथ दिने पनि उनले बताए ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सामूहिक ढङ्गबाट सहयोग गर्ने बताए ।

विपक्षी गठबन्धन प्रधानमन्त्रीलाई हटाउनका लागि मात्रै नभएको उनको भनाइ छ ।

उनले संविधान बनाउने र भत्काउने पात्र उस्तै नभएको पनि बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्