Logo

राष्ट्रपतिले भन्नुपर्यो कि म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ – उपेन्द्र यादव


जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २-२ पटक विघटन गरेको घटना विरलै हुने बताएका छन्।

बिहीबार बानेश्वरमा विपक्षी गठबन्धनले गरेको सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले भने, ‘एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २-२ पटक विघटन विरलै हुन्छ।

ओली निरंकुश र स्वेच्छाचारी शासन चलाउन चाहन्छन्।’

आफूहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १ सय ४९ जनाको हस्ताक्षर बुझाए पनि राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै निरन्तरता दिएको उनले बताए।

‘हामीले १ सय ४९ को हस्ताक्षर बुझाएका थियौं। यस्तो अवस्थामा प्रधानमन्त्री देउवाजी हुनुपर्ने हो। तर ओलीकै निरन्तरता भयो।

कि त राष्ट्रपतिले भन्नुपर्यो कि म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ।’

उनले अदालतबाट न्यायको पक्षमा फैसला आउनेमा पनि विश्वास व्यक्त गरे।

‘हामी १ सय ४६ जना अदालत गएका छौं। अदालतबाट न्यायको पक्षमा फैसला आउँछ भन्ने विश्वास छ। हामी ५ दल एक ठाउँमा छौं। यो प्रतिगमनको विरूद्धमा छौं।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्