Logo

अन्तरिक्षमा जान लागेका अर्बपति बेजोसलाई पृथ्वीमा फर्किन नदिन ५६ हजार बढीको हस्ताक्षर


आउँदो महिना विश्वका सर्वाधिक धनी व्यक्ति, अमेजनका संस्थापक एवं स्पेस कम्पनी ब्ल्यु ओरिजिनका मालिक जेफ बेजोस अन्तरिक्ष यात्रामा जाँदै छन् ।

ब्ल्यु ओरिजिनले आगामी २० जुलाईमा न्यू सेपहार्ड रकेट र क्याप्सुल सिस्टमलाई क्रु मेम्बरसहित अन्तरिक्षमा प्रक्षेपण गर्दैछ, जसमा बेजोस, उनका भाइ मार्क बेजोस र अन्य चार जना गरी कुल ६ जना यात्रु हुने तय गरिएको छ ।

न्यु सेफर्ड रकेटको पहिलो मानवयुक्त यात्रामा जाने तयारीमा रहेका जेफ बेजोसलाई स्पेसबाट फर्किन दिनुहुन्न भनी हस्ताक्षर संकलन सुरु भएको छ ।

बेजोसले आफू अन्तरिक्ष यात्रामा जाने इन्स्टाग्रामबाट जानकारी गराएको तीन दिनपछि एकैपटक हस्ताक्षर संकलनको कार्यक्रम सुरु भएको थियाे ।

हस्ताक्षर संकलन भएको १० दिनकाे आवधिमा ५६ हजारभन्दा बढी याे अभियानमा सहभागी भइसकेका छन् ।

जसमध्ये ‘डु नट अलाउ जेफ बेजोस टु रिटर्न टु अर्थ’ अर्थात् जेफ बेजोसलाई पृथ्वीमा फर्किन नदिउँ भन्ने नाराउक्त हस्ताक्षर कार्यक्रममा ३८ हजारभन्दा बढीले सहभागी भइसकेका छन् ।

पृथ्वीमा होस् या अन्तरिक्षमा, अर्बपतिको अस्तित्व हुनुहुन्न भनी उल्लेख गरिएको उक्त पिटिसनमा धेरैले कारणसहित हस्ताक्षर गरका छन् ।

हस्ताक्षर गर्ने एकजनाले उनीहरुलाई पृथ्वीमा पुनः आउन दिनु ‘प्रिभिलेज’ हो, जुन राम्रो होइन भनेर कमेन्ट गरेका छन् ।

त्यस्तै कतिपयले पृथ्वीले जेफ बेजोस, एलन मस्क, बिल गेट्सजस्ता अर्बपती नचाहेको भनी कमेन्ट गरेका छन् ।

त्यस्तै ‘पिटिसन टु नट अलाउ जेफ बेजोस रि–इन्ट्री टु अर्थ’ नामक अर्को हस्ताक्षर संकलन कार्यक्रममा पनि १९ हजारभन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।

अभियानमा कूल ७५ हजार हस्ताक्षर संकलन गर्ने तयारी गरिएको छ ।

एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्