Logo

युरोकपको अन्तिम १६ मा भिड्ने टिमहरु यी हुन


१६ औँ संस्करणको युरोकप फुटबलको समूह चरणका खेलहरु सकिएको छ ।

युरोपका विभिन्न ११ सहरमा जारी प्रतियोगिताको अन्तिम १६ को समीकरण पूरा भएको हो ।

बुधबार राति चार खेल भएसँगै समूह चरणका खेल सकिएको हो ।

अब ६ समूहका शीर्ष दुई र समूहको तेस्रो स्थान प्राप्त गर्नेमध्येका उत्कृष्ट चार टिमले अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछन् ।

नकआउट चरणका खेलहरु शनिबारबाट सुरु हुनेछन् । योपटक समूह चरणका खेलहरुमा बेल्जियम, नेदरल्यान्ड्स र इटालीले शतप्रतिशत जित निकाले ।

साबिक विजेता टोली पोर्चुगल तेस्रो स्थानमा रहेर उत्कृष्ट चार टोलीको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।

त्यस्तै, फ्रान्स, जर्मनी, वेल्स, डेनमार्क, अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, क्रोएसिया, स्पेन, स्वीट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्वीडेनले नकआउट चरणमा स्थान बनाएका छन् ।

यस्तो छ अन्तिम १६ समीकरण
बेल्जियमविरुद्ध पोर्चुगल
फ्रान्सविरुद्ध स्वीट्जरल्यान्ड
इटालीविरुद्ध अष्ट्रिया
वेल्सविरुद्ध डेनमार्क
नेदरल्यान्ड्सविरुद्ध चेक रिपब्लिक
स्वीडेनविरुद्ध युक्रेन
इंग्ल्यान्डविरुद्ध जर्मनी
क्रोएसियाविरुद्ध स्पेन

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्