Logo

खोलाले काठेपुल बगाउँदा च्छो-रोल्पा आवतजावतमा अबरोध: स्थानिय सय घरधुरी प्रभाबित​


 

उद्बब बिश्वकर्मा

दोलखा- हिमाली क्षेत्र गौरीशंकर गाउपालिका ९ स्थित उत्तिसे र सुर्मुच्छे खोलामा बर्षाको कारण पानीको बहाब वृद्धिको कारणले काठे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ। यातायातको सुबिधा नभएको र मानिस तथा याक प्रयोग गरि छ्योतछ्योत बाट खाद्यन्न लगाएतको अति आबश्यक सामाग्री ढुवानी गराउन समास्या भएको स्थानीयको भनाइ छ।

त्यो पुल बहेक कुनैपनी बैकल्पिक बाटो नभएको कारण केटाकेटी लगाएत अति समस्यामा परेको र मौसम परिवर्तन सङै कुनै रोगको महामारी फैलिए स्वास्थ्य सस्थासम्म पुग्न समेत समस्या हुने। सुर्मुच्छेका होटल ब्यायबसायी बोलेन्द्र आचर्यले बताए। केही बर्ष अगाडि स्विज सरकारको सहयोगमा निमार्ण सम्पन्न भएको छ्योतछ्योत देखि च्छो-रोल्पा सम्म निर्माण गरिएको पर्यटन पैदल मार्ग पुन मर्मत नहुदा काठेपुलहरु जिर्ण बनेका छन।

कोरोना महामारीको कारण उक्त क्षेत्रमा आवतजावतमा रोक लगाएको छ। त्यसमाथि पुल भत्किएको कारण अति आबश्यक सामाग्री ढुवानी गर्न भने समस्या भएको हो। ३८०० हाराहारी उचाइमा रहेको बेदिङ गाउमा बिधुत पुर्याउने कार्य भएको तर बाटोघाटो राम्रो नभ​एको कारण सामान ओसारपसार गर्न समस्या परेको निर्माण ब्यायबसायी प्रेमराज तामाङ बताए ।

उक्त क्षेत्रको काठेपुलमा क्षती हुदा सुर्मुच्छे क्याल्छे डोवाङ ठाङ्दिङ रोल्वालिङका गरि करिब १०० घरधुरीका करिब ३०० जना नागरिक प्रभावित भएका छन भने च्छो-रोल्पा हिमताल आवतजावतगर्ने आन्तरिक पर्यटकहरुपनि न आएको स्थानिय होटल ब्यायबसायीहरुको भनाइ छ। उक्त हिमाली क्षेत्रमा लगातार बर्षा भ​ए संङ्गै मोबाइलफोनमा पनि राम्रो नेटवर्क नदिने र संबंधित निकायलाइ खबर गर्न समस्या भएको ब्यायबसायी बोलेन्द्र आचर्यले मुन्धुमस्टार डटकमलाई बताए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्