Logo

असार १७ गतेबाट आन्तरिक उडान खोल्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय


मुन्धुमस्टार डटकम – नेपालमा आन्तरिक हवाई उडान असार १७ गतेबाट कुल उडान सङ्ख्याको ५० प्रतिशतले नबढ्नेगरी सञ्चालन गर्न दिने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ।

मन्त्रालयले बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले बीबीसीलाई बताए।

आन्तरिक उडानका लागि तोकिएका गन्तव्यहरूको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राप्त भएपछि पत्राचार गरिने जनाइएको छ।

यसअघि आन्तरिक उडान सञ्चालन गर्न अनुमति दिएपछि निजी वायुसेवा कम्पनीहरूले कार्यतालिकालाई स्वीकृत गराएर तत्कालै देशभित्रको उडान थाल्न सक्ने अधिकारीहरूले बताएका थिए।

सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले निजी वायुसेवा कम्पनीले तत्कालै उडान कार्यतालिकाका लागि आवेदन दिन सक्ने भन्दै आन्तरिक उडान खुला भइसकेको बताए।

नेपालमा हुने आन्तरिक उडानहरूको मूल स्रोत काठमाण्डूस्थित विमानस्थल रहँदै आएको छ।

वायुसेवाका एक सञ्चालकले उडानको सङ्ख्यामा सीमित गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार भए पनि क्रमशः त्यो बढ्दै गएको हेर्न आफूहरूले चाहेको प्रतिक्रिया दिएका छन्।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्