नेपाल टेलिकमले आफ्नो नेटवर्कमा देखिएको समस्या समाधान भएको जनाएको छ ।

आज बिहान टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा फोन नलाग्ने समस्या भएको थियो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कोर नेटवर्कको एचएलआर प्रणालीमा समस्या आएको तर अहिले समाधान भएको जानकारी दिए ।