Logo

विपक्षी गठबन्धनको संयुक्त वक्तव्य – सरकारको जताततै हस्तक्षेप बढो, देश गम्भीर सं’कटतर्फ उन्मुख [विज्ञप्तीसहित]


विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब दिने र धम्की दिने काम गरिरहेको आरोप लगाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरी हालसम्मको उपलब्धि गुम्ने खतरा उत्पन्न भएको बताएका छन् ।

“संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरण, कानुनको पालना र निर्धारित जिम्मेवारीको इमान्दार निर्वाह तथा राष्ट्र र जनताको सर्वोपरि हित लोकतान्त्रिक प्रणालीका मूलभूत मान्यता भएपनि जनताको सार्वभौमसत्ता र आफ्नो बारेमा नेपाली जनताले आफैं निर्णय गर्ने पद्धतिलाई बलियो बनाउनकै लागि लामो, कठोर र वलिदानीपूर्ण जनआन्दोलन र संघर्ष भएका हुन्,” पाँच दलकाे वक्तव्यमा भनिएकाे, “तर प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दवाव र धम्की दिने तथा संकिर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका छन् ।

नेपाली जनताको क’ष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र ग’म्भीर सं’कटतर्फ धकेलिएको छ ।”

गठबन्धनले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको समेत भनेको छ ।

‘निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्ष रुपमा काम नगरी कानून र न्यायसँग असंगत व्यवहार प्रदर्शन गर्नु अत्यन्त चिन्ताको विषय हो ।

यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पुर्याउँछ । यस्ता गलत गतिविधिहरु अविलम्ब बन्द गरिनुपर्छ’, माग गरेको छ ।

गठबन्धनले नेपालको संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय हितको रक्षा, कोराना महामारी र बाढी, पहिरो र डुबानको विपत्तिबाट जनताको सुरक्षा, उद्धार तथा पुनःस्थापना तथा जनताका अपेक्षा एवम् आवश्यकता प्रतिको जिम्मेवारी बोधका साथ संयुक्तरुपमा पाइला चाल्नै पर्ने अवस्था सिर्जना भएकाले यस दिशामा एकताबद्ध रुपमा अठोटका साथ अघि बढ्न प्रतिबद्ध रहेको जनाएका छन् ।

‘देश र जनताको सर्वोपरि हित, संविधान, लोकतन्त्र र कानूनी शासनको संरक्षण र सम्बर्दनका लागि आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न हामी सम्पूर्ण जिम्मेवार राजनीतिक दल, नेता, कार्यकर्ता तथा विभिन्न तह, वर्ग, समुदाय र पेसाका जनसमुदायमा हार्दिक आव्हान गर्दछौं’, वक्तव्यमार्फत आव्हान गरेको छ ।

विपक्षी गठबन्धनको संयुक्त वक्तव्य – सरकारको जताततै हस्तक्षेप बढो, देश गम्भीर सं’कटतर्फ उन्मुख [विज्ञप्तीसहित]
विपक्षी गठबन्धनको संयुक्त वक्तव्य – सरकारको जताततै हस्तक्षेप बढो, देश गम्भीर सं’कटतर्फ उन्मुख [विज्ञप्तीसहित]

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्