Logo

नयाँ समीकरणका लागि निधिको सक्रियता, के भत्किएला त कांगेस नभित्रको परम्परागत गुठ ​?


काठमाडौँ — कांग्रेस उपसभापति बिमलेन्द्र निधिको पहलमा उनकै निवास बानेश्वरमा महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमानबीच छलफल भएको छ। कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी बन्ने तयारी गरीरहेका तीन नेताहरूले सोमबार संयुक्त लञ्च बैठक गरेका हुन।

उनीहरुबीच आसन्न पार्टी महाधिवेशनदेखि नयाँ सत्ता समीकरण र आम निर्वाचनसम्मका बिषयमा छलफल भएको स्रोतले बताएको छ । संस्थापन पक्षमा रहेका निधि र इतरपक्षमा रहेका कोइराला र सिंहबीचको यो छलफललाई कांग्रेसमा नेतृत्वका लागि बिकसित भइरहेको संभावित नयाँ समीकरणको रूपमा व्याख्या गरिएको छ ।

गत शनिबारमात्रै पार्टी सभापति शेरबहादुर देउवा र निधिबीच उम्मेदवारीको बिषयलाई लिएर मनमुटाब बढेको थियो । देउवाले आफूनिकट केन्द्रीय पदाधिकारी र सदस्यहरुसँग गरेको प्रदेशस्तरीय छलफलका क्रममा सभापतिको उम्मेदवार आफैं हुने घोषणा गरेका थिए ।

निधिले १३ औं महाधिवेशनमा जनाएको प्रतिबद्धता र सरकारको नेतृत्वका लागि अघि बढिरहेको परिदृश्यमा सभापतिको उम्मेदवार आफूलाई बनाएर सहयोग गर्न आग्रह गरेका थिए । देउवाले आफूले नछोड्ने बताएपछि निधिले संस्थापन र इतर दुवै पक्षका नेताहसँग भावी समीकरणको बिषयलाई लिएर छलफल अघि बढाउन थालेका छन ।

निधिले उम्मेदवारी घोषणा गरेपछि कांग्रेसमा रहेका परम्परागत गुटहरू भत्कने र नयाँ समीकरण बन्ने सम्भावना बढेको छ । सोमबारको छलफल पनि त्यसै दिशामा केन्द्रीत रहेको निधिनिकट रहेका एक केन्द्रीय सदस्यले बताए ।

यी तीन नेताबीच असार ४ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निधिको कार्यकक्षमा लामो छलफल भएको थियो । त्यही छलफलको सहमतिअनुसार सोमबार लन्च बैठकसहित कुराकानी भएको जनाइएको छ । तीन नेताले पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णपसाद सिटौलासहितका

नेतासँग समेत छलफल गरेर अघि बढ्ने जनाएका छन । ‘अहिल्यै कस्तो समीकरण बन्ने भन्नेबारेमा कुनै समझदारी बनिसकेको छैन । छलफलकै क्रममा छौ,’ निधि निकट स्रोतले भन्यो,‘सबैसँग छलफल गरेपछि त्यसबारेमा ठोस समझदारी गर्ने प्रयत्न हुन्छ ।’ अबको बैठक क्रमशः सिंह र कोइराला निवासमा बस्ने तय भएको छ ।

निधिले सोमबार अपरान्ह चन्द्र भण्डारी, गगन थापा, प्रदीप पौडेलसहितका नेताहरूसँग एक पार्टी प्यालेसमा छलफल गर्ने तयारी गरेका छन । उनले बरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्य बलबहादुर केसीसहितका नेताहरूसँग पनि छलफल गरिरहेका छन । लामो समय देउवा कोटरीमा रहेका निधिले परम्परागत गुट भत्काएर दुवै पक्षका नेताहरूको सहयोगमा आफू अघि बढ्ने रणनीति बनाएको बताउने गरेका छन ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्