Logo

भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो


काठमाडौंस्थित भारतीय दूतावासमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

‘आजादका अमृत महोत्सव’ अन्तर्गत भर्चुअल माध्यममार्फत सातौं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरिएको हो ।

योगलाई स्तरीय ढंगबाट गर्ने हेतुले कार्यक्रम तयार पारिएको थियो ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा योगका विभिन्न आसनहरु देखाइएको थियो ।

योगगुरु लोकनाथ खनालले योगासन प्रस्तुत गरेका थिए ।

वर्षको सबैभन्दा लामो दिन र विश्वका धेरै क्षेत्रहरुमा यो दिनको विशेष महत्व भएकाले संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउनुपर्ने सुझाव दिएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्