Logo

लकडाउनमा गाँजा तस्करीः तिन नेपालि र तिन भारतिय पक्राउ


मुन्धुमस्टार डटकम – निषेधाज्ञामा नेपालबाट भारततर्फ गाँजा तस्करी गर्ने ६ जना नगद र सवारीसाधनसहित पक्राउ परेका छन । विराटनगरको बगरगाछीचोकमा जाँचका क्रममा शनिबार तीन भारतीय र तीन नेपाली नागरिक नगद सात लाख, १८ केजी गाँजा र को।१च २४१२ नम्बरको मारुती भ्यानसहित पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्लाको फारबिसगन्जका १९ वर्षीय सोनुकुमार यादव, अररिया बिसनपुरका २८ वर्षीय जयराम यादव, अररिया नरपथगन्जका ३० वर्षीय प्रिन्स भनिने विचित्रकुमार, धनकुटा सहिदभूमि गाउँपालिका– १ का ३२ वर्षीय रुद्र राई, सुनसरी देवागन्ज गाउँपालिका– १ का ४० वर्षीय उमेश यादव, भ्यानचालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ४० वर्षीय सूर्य राई छन ।

प्रदेश १ को पहाडी जिल्लाबाट वर्षौँदेखि भारततर्फ लुकाइछिपाई गाँजा तस्करी हुँदै आएको छ । गाँजा तस्करी गर्नेहरूले विभिन्न उपाय अपनाउने र एम्बुलेन्ससमेत ओसारपसारमा प्रयोग गर्ने गरेका छन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्