Logo

महन्थ ठाकुरविरुद्ध कीर्ते जालसाजी मुद्दा दर्ता हुँदै


जनता समाजवादी पार्टी (उपेन्द्र–बाबुराम) निकट कानुन व्यवसायीले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव समूह निकट कानुन व्यवसायीले जालसाजी मुद्दा दर्ता गर्न लागेका हुन् ।

भट्टराई–यादव समूहको तर्फबाट संघीय कानुन व्यवसायी संघका अध्यक्ष दिपक राईलगायतका अधिवक्ताहरूले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका छन् ।

“अर्काे प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुरलगायतले दुरुपयोग गरेर निर्वाचन आयोगमा पेस गर्नुभएछ,” अधिवक्ता राईले भने, “कीर्ते जालसाक्षी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौँ ।

यस्तो क’सुर चाहिँ दुनियाँवादी फौ’जदारी मुद्दाको रूपमा दर्ता मिल्छ ।

यही अनुसार दर्ता गर्न लागेका छौँ । यसमा महन्थ ठाकुरलाई विपक्षी बनाउँछौँ ।”

जसपाको भट्टराई–यादव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्