Logo

औषधि प्रयोग गरि पकाइएको आँप रौतहटका बजारमा निर्बाध बिक्री


 

 

मुन्धुमस्टार डटकम – स्वास्थ्यलाई हानि–नोक्सानी पुर्‍याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप रौतहटका बजारमा निर्बाध बिक्री भइरहेको छ । बगैँचामा आँप ढिलो पाक्ने भएपछि व्यापारीले काँचो टिपेर पकाउन औषधि प्रयोग गर्छन् । यसरी पकाइएको आँप हेर्दै खान मनलाग्ने खालको देखिन्छ ।

चन्द्रनिगाहपुर, गरुडा, शिवनगर, गौर, कटहरिया, समनपुरलगायत मुख्य बजारमा एक महिनादेखि औषधि प्रयोग गरिएको आँप बिक्री भइरहेको छ । बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर बजारमा बिक्री गर्न थालेका हुन् । आँप हेर्दा बोटमै पाकेकोजस्तै देखिन्छ । यो खाएपछि मात्र औषधि प्रयोग भएको भन्ने थाहा हुन्छ । खाएको केही समयमा मुख चिलाउने र कोक्याउने गर्छ । चन्द्रगिाहपुरका एक व्यापारीले लहानबाट काचो आँप खरिद गरी कार्बाइड हालेर पकाएर बिक्री गरेको सुनाए । ‘बगैँचामा अहिले आँप पाकेकै छैनन् । बजारमा ग्राहकले खोज्न थाले,’ उनले भने, ‘औषधि हालेर राखेपछि चाँडै पाक्छ । अहिले मूल्य पनि राम्रो पाइन्छ ।’ औषधि हालेर पकाइएको आँप खाँदा वाकवाक लाग्ने, पखाला लाग्ने र मुख चिलाउने गरेको आँपका पारखीहरू बताउँछन् । चन्द्रनिगाहपुरका राम न्यौपानेले बजारमा पाइने आँप खाँदा दुई दिनसम्म पखाला चलेको बताए ।

Copy by kantipur

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्