Logo

युरोकपमा आज दुई खेल: इटाली र वेल्स तथा स्वीजरल्याण्डविरुद्व टर्की भिड्दै


काठमाडौँ: युरो २०२० अन्तर्गत आज राति समूह ‘ए’ का समूह चरण अन्तर्गतका दुई खेल हुँदैछन्।

रोममा घरेलु टिम इटाली र वेल्स तथा अजरबैजानको बाकुमा स्विट्जरल्यान्ड र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल राति ९:४५ बजे सुरू हुनेछ।

आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली ‘नक-आउट’ चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।

शीर्ष स्थानको इटालीको २ खेलमा ६ अंक छ ।

पहिलो खेलमा इटालीले टर्कीलाई ३-० ले हराएको थियो ।  यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई पनि ३-० गोल अन्तरले नै हराएको थियो ।

यता वेल्स भने इटालीलाई हराएर ‘नक-आउट’ चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल निक्कै महत्वपूर्ण रहेको छ ।

समूहको दोस्रो स्थानमा रहेको वेल्सले २ खेलमा ४ अंक जोडेको छ ।

पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

दुई टिमबीच भएका नौ प्रतिस्पर्धामा अहिलेसम्म बराबरी भएको छैन। नौ मध्ये इटालीले सात खेलमा जित हात पारेको छ। सात खेलमा उसले २३ गोल गरेको छ।

त्यस्तै, यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९:४५ बजे नै  हुनेछ ।

आज स्वीजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ । यस्तै जित निकाल्दै स्वीजरल्याण्ड ‘नक-आउट’ चरणको ढोका खेल्न चाहन्छ । स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।

दुई टिमबीच भएका १५ प्रतिस्पर्धा मध्ये आठ खेलमा टर्की विजयी भएको छ। चार खेलमा स्विट्जरल्यान्ड विजयी हुँदा ३ खेल बराबरीमा सकिएका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्