गायिका मिना राई ‘साकेला फोटो कन्टेस्ट’मा प्रथम
खोटाङ/ ‘साङ्केन क्रियसन’को आयोजनामा भएको ‘साकेला फोटो कन्टेस्ट– ५०८१’ मा जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङ खोटाङकी गायिका मीना पुमा राई प्रथम हुनुभएको छ । त्यस्तै खोटाङकै सजिना चाम्लिङ राई दोस्रो र काठमाडौंकी सोनिया थुलुङ राई तेस्रो भएकी छिन् ।
उभौली साकेन्वा/साकेवा २०७८ का अवसरमा आयोजित सो प्रतियोगिता जेठ १० देखि २१ गतेसम्म अनलाइन फेसबुकमार्फत सञ्चालन भएको थियो । त्यसको नतिजा जेठ २२ गते सार्वजानिक गरिएको हो । सो प्रतियोगितामा किराती भेषभूषामा खिचिएको फोटोहरू ‘साङ्केन क्रियसन’ फेसबुक पेजबाट सार्वजानिक गरी ‘लाइक’को आधारमा विजेता घोषणा गरिएको हो । जस अनुसार प्रथमले १ हजार ७ सय ७५, दोस्रोले १ हजार ४ सय ८ र तेस्रो हुनेले ७ सय १२ लाइक प्राप्त भएको थियो । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५, १० र ५ हजार रुपैयाँ बराबरको ‘साङ्केन क्रियसन’को सपिङ कुपन प्राप्त भएको छ ।
त्यसको नतिजा जेठ २२ गते सार्वजानिक गरिएको हो। प्रतियोगितामा किराती भेषभूषामा खिचिएको फोटोहरू ‘साङ्केन क्रियसन’ फेसबुक पेजबाट सार्वजानिक गरी दर्शक मानुभावहरुको ‘लाइक’को आधारमा विजेता छनौटगरी विजेता घोषणा गरिएको संचालिका खुसेनिछो चाम्लिङ राईले बताईन् । उक्त प्रतियोगितामा प्रथम मिना पुमा राईले कुल लाइक १ हजार ७ सय ७५, दोस्रो सजिना चाम्लिङ राईले १ हजार ४ सय ८ र तेस्रो सोनिया थुलुङ राईले ७ सय १२ लाइक प्राप्त गरेकी आयोजकले जनाएको छ । ‘जीवनमा पहिलोपटक प्रतियोगितामा सहभागी भएकी थिएँ,’ विजयी भएपछि मीना राईले सामाजिक सञ्जाल आफ्नो फेसबुक लाइभमा करिब ४५ मिनेटको कुराकानीमा, ‘प्रतियोगिता सानो, ठूलो हुँदैन । यो विजय म मात्र नभएर मेरा इष्टमित्र, शुभचिन्तक, साथीभाइ सबै विजयी बन्नुभएको छ भनेर सबैसंग आफ्नो मिठो अनुभूति सेयर गरेकी थिइन्।’
त्यस्तै, ‘बेस्ट फोटो अवार्ड’बाट भोजपुरका विजय छाङ्छा राई, पोखराका सचिता राई र सिक्किमका मणि राई क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए। विजेता तीनैजनाले युगल रूपमा काठमाडौं दक्षिणकालीस्थित बोसनडाँडामा रहेको ‘ब्ल्यु माउन्टेन रिसोर्ट’मा एक दिन बस्ने प्याकेज रहेको छ।
‘डे बाई डे पोस्ट’मा माथिमा विजेताबाहेक सबैभन्दा बढी ‘लाइक’ पाउने ११ जना छनोटमा परेका छन् । छनोटमा पर्नेमा पंकज सिप्तुङखा राई– झापा (५०१), श्रृति राई– इटहरी (४९०), निर्जला राई-काठमाडौं (४३५), मेरी राई- इलाम (४२७), ममता खोम्युङ्खा राई-मोरङ (३७९), निता राई- धरान (३५७), शिम्रन थुलुङ-काठमाडौं (२५४), मनिषा राई- खोटाङ (२२६), राजन साम्पाङ- सुनसरी (१६६), देवीराम राई- सिक्किम (१३५) र आशिका राई- सिक्किम (६१) रहेका छन् । विजयीहरूले ‘साङकेन क्रियसन’बाट १ हजार बराबरको सपिङ कुपन पाएका छन्।
प्रतियोगिताको अनलाइन विजेता घोषणा गर्ने कार्यक्रममा ‘नेपाल आदिवासी चेम्बर्स अफ् कमर्स’को अध्यक्ष तथा उधोगपति तेजबहादुर थुलुङ राई, विशेष अतिथिहरूमा ‘किरात राई यायोक्खा’ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष प्रमिला राई, गोर्खाज् फाइनान्सका शम्भु राई र युनिटेक मिडिया प्रालिका सुरज राईको सहभागिता रहेको थियो ।
त्यस्तै, हङकङबाट समाजसेवी किन्दर राई, साउदी अरबबाट समाजसेवी वीरबहादुर राई, अमेरिकाबाट खुसी राई र काठमाडौंबाट तेज बान्तावा राईको ‘जुम’मार्फत आयोजित अनलाइन कार्यक्रममा उपस्थिति रहेको थियो । हिमालिसन्चारबाट



