Logo

कर्णाली नदीको बहाव बढेसँगै नेपाल–चीन जोड्ने हिल्साको बेलिब्रिज जोखिममा


मुन्धुमस्टार डटकम​- नेपाल–चीन जोड्ने हिल्साको बेलिब्रिज बेलिब्रिज जोखिममा परेको छ । बाढीका कारण हिल्सा नदीको बेलिब्रिज उच्च जोखिम रहेको स्थानीय लाल लामाले जानकारी दिए ।

मानसरोवर तथा कैलाश पर्वतमा दर्शन गर्दा आवत¬–जावत हुने बेलिब्रिज नै जोखिममा परेको लामाले बताए । हिल्सानजिकै नौमुलेबाट आएको बाढी र कर्णाली नदीको बहाव बढेसँगै बेलिब्रिज जोखिममा परेको उनले बताए ।

२०७३ पुसमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलिब्रिज उद्घाटन गरेपछि चीनसँगको नाका खुलेको थियो । सात करोड ५० लाखमा निर्माण भएको थियो ।

९० घरधुरी होटेल, पसल व्यवसाय र बसोवास गर्दै आएको हिल्सामा पनि जोखिम बढेको छ । हिल्सामा सीमा सुरक्षाका लागि २२ जना सशस्त्र प्रहरी बस्दै आएका छन । हिल्सामा स्थानीयबासीको संख्या ३५ रहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्