एमालेमा पुर्व माओवादी २३ नेताको बिचल्ली, निर्वाचन आयोग पुगे टोपबहादुर र प्रभु साह

काठमाण्डौ- पहिला डब्बल नेकपा, अहिले अदालतले एमाले र माओवादी बनाइदिएपछी वि’वादैवि’वादको चपेटामा परेको सत्तारुढ नेकपा एमालेभित्र अहिले एकताको लागि विभिन्न उपायहरुको तिब्र खोजी भैरहेको छ । यस्तो भुमरीमा रहेको एमालेभित्र एकताका लागी ४ बटा बिकल्पका बारेमा बहस र छ्लफल भैरहेको छ । माधब-झलनाथ समुहमा पनि निकै दोधारकोबीचमा छलफल भईरहेको भएनी केपी ओलि समुहमा दोश्रो तहका नेताहरुबीचमा निकै प्रतिष्पर्धा अन्तरद्वन्द्ध’को राजनीति देखिन्छ ।
एकातिर नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीमा समावेश भए पनि औपचारिक रुपमा निर्वाचन आयोगमा उक्त कमिटी दर्ता नभएपछि आफूहरू कुन पार्टीमा छौ भन्ने विषयमा रायमाझी र साहले खोजी शुरु गर्दै निर्वाचन आयोग गरेका हुन्।
रायमाझी निकट श्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेको नेताद्वय टोपबहादुर रायमाझी र प्रभु साहले आफूहरू कुन पार्टीमा छौ भन्ने विषयमा सोधखोज शुरु गरेका छन्। केहि समयअघी माओवादिले पूर्वगृहमन्त्री रामबहादुर थापालाई राष्ट्रियसभाबाट र पूर्वमन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई प्रतिनिधिसभाबाट निष्कासन गरिएको छ।
प्रचण्ड र ओलीको एक झट्कामा एकता हुँदा आएका बादल सहित २३ जना केन्द्रिय नेता प्रचण्ड र ओलीको बियोगमा ओली तिर नै बसे अर्थात पुर्व पार्टी माओवादी केन्द्रमा फर्केनन । त्यति मात्र कहाँ बादल लगाएत मुख्य नेताले त मन्त्री पद नै हात पारे । अहिले बादलले आफ्नी श्रीमतिलाइ मन्त्री बनाएका छन भने अरु नेताको भने खाली हात बस्न बाध्य भएका छन ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले माओवादी ब्यूत्याउने फैसला गरेपछि उनीहरू एमालेमा प्रवेश गरेका थिए। अहिलेसम्म एमालेको केन्द्रीय कमिटीमा उनीहरूको नाम दर्ता भएको छैन। निर्वाचन आयोगमा रेकर्डमा रहेको माओवादीको केन्द्रीय कमिटीको सूचीमा टोपबहादुर, लेखराज भट्ट र प्रभु साहको नाम रहेको छ। अर्थात् कानूनतः उनीहरू माओवादीकै नेता भए। माओवादीको रेकर्डमा हेर्दा उनीहरूलाई पार्टीबाट हटाएको पत्र अहिलेसम्म आयोगमा नआएको आयोगले बताएको छ। उक्त जानकारी पाएपछि नेताद्वय रायमाझी र साह फर्किएका छन्।
अर्कोतिर एमाले भित्र अहिले जेठ २ अगाडिको संरचनामा फर्कने कि नफर्कने भन्ने आ आफ्नै तर्क र बहस छन । अतिनै सं’कटमा परेपछी पछिल्लो समय अध्यक्ष केपी ओली पनि मूलतः जेठ २ नजिक फर्कन तयार भएका छन् भने माधब-झ लनाथ समुह जेठ २ अगाडी फर्कने वा नफर्के दोधारमा छन । जेठ २ भन्दा अगाडी कसरी फर्कने भन्ने बिषयमा आ-आफनो क्रीय-प्रक्रिया र मापदण्डबारे दुई समूहबीच आ आफ्नै प्रकृय, तर्क र तथ्यहरु दाबी गरिरहेकाछन ।
फागुन २८ गते ओली पक्षको बैठकबाट एमालेको केन्द्रीय कमिटीमा मनोनयन गरिएका २३ पुर्व माओवादी नेताहरुको नामावली यस प्रकार छः-रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङ्बो, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलम्पाकी, कमल चौलागाई, मनोजजंग थापा, विषमलाल अधिकारी दनुवार, लिलबहादुर थापा मगर, दधिराम न्यौपाने, गिरिधारीलाल न्यौपाने, दिनेश पन्थी, नवीन रोकामगर, धर्मराज रेग्मी, गौरीशंकर थारु, झपट बोहोरा, दाबा लामा, चन्द्रबहादुर खड्का र रामचन्द्र मण्डल ।