Logo

महान जनबिद्रोहको रुपरेखाः सार्वजनिक छलफलकालागि प्रस्ताव


गोपाल किराती

काठमाण्डौ – आठौं महाधिवेशनको राजनीतिक एवं सामरिक कार्यदिशामा वैज्ञानिक समाजवाद स्थापनार्थ महान जनवि’द्रोहका लागि निम्न तीन चरण भएर अघि बढ्नु पर्छ:

१. तयारीको चरण,

२. अभ्यासको चरण र

३. वि’द्रोहको चरण।

तयारीको चरणका मुख्य कामहरु

१. वैचारिक-राजनीतिक तयारी, जसमा मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा मार्क्सवादको उच्चतम् विकास र प्रयोगमा जोड,

२. संगठनको तयारी, चरणबद्व समाजवादी क्रान्तिको नेपाली कार्यक्रमवारे प्रशिक्षित व्यापक जनाधार निर्माण र जनसमुदाय आधारित देशभक्त जनसेना गठन,

३. जनसंघर्षको बलमा जनाधार निर्माणका लागि शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीतिमा देशब्यापी जनविद्रोहको धारा सुदृढीकरण,

४. श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता स्थापनाको ठोस कार्यादेशमा भरपर्दो संयुक्त जनआन्दोलन अथवा संयुक्तमोर्चा ,

५. अन्तर्राष्ट्रीय आधार र

६. त्यागको दर्शनमा आधारित नेतृत्व डफ्फाको सर्वहारा कम्युनिस्ट पार्टी निर्माण आदि पर्दछन।

 

माओ त्सेतुङ्ले, दीर्घकालीन जनयुद्वमा आधारित चिनियाँ क्रान्तिका लागि निम्न पाँच शर्त अघि सारेका थिए-

१. व्यापक जनाधार,

२. अनुकुल भूगोल,

३. पर्याप्त आयस्रोत,

४. बलियो जनसेना र

५. शक्तिशाली कम्युनिस्ट पार्टी।

लेनिन अनुसार पुरानो सत्ताको चरम बद्नामी र सर्वत्र असफलता क्रा’न्तिको एक परिस्थिति हो, जुन यहाँ निरन्तर उपलब्ध भईरहन्छ। नेपालमा समाजवादी क्रान्तिका लागि गाउँले शहर घेर्ने दीर्घकालीन जनयु’द्वको सट्टा लेनिनको अक्टोबर क्रान्ति झैं शहरिया जनविद्रोह गर्नु पर्ने हुन्छ। तसर्थ भूगोलको शर्त नगन्य हुन्छ। आयस्रोतको प्रश्नमा सर्वहारावादी आचरणको पार्टी कार्यकर्ताद्वारा व्यापक जनाधार निर्माणबाट सो ब्यवस्थापन गर्न सकिन्छ।

अहिले हामी तयारीको पनि तयारी चरणमा मात्र छौं। परन्तु, नयाँ विचारधारा र एघार विशेषताको समाजवादी कार्यक्रम निर्माणमा उल्लेखनीय सफलता हासिल गरिसकिएको छ। अब सर्वहारा आचारणको संगठन र देशभक्तिपूर्ण संघर्षमा जोड दिनु पर्छ, महान जनवि’द्रोह सम्भव छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्