Logo

राष्ट्रसङ्घद्वारा कु” गरि सत्ता हत्याउने म्यान्मारको सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारितः उक्त प्रस्तावमा चिन​,रुस लगायत नेपालले मतदान गरेनन​


मुन्धुमस्टार डटकम​-  संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा यो वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप म्यान्मारको सेनालाई हतियार आपूर्ति नगर्न अरूदेशलाई आग्रह गरेको छ। राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने सेनाको कदमको निन्दा गर्नुको साथै राष्ट्रसङ्घले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्ति गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंसक दमन बन्द गर्न पनि आह्वान गरेको छ।

म्यान्मारका लागि राष्ट्रसङ्घीय विशेष दूत क्रिस्टिन श्नानर बुर्गनरले भनिन्, “साँच्चिकै ठूलो गृहयुद्धको जोखिम छ। ढिलो भइसकेको छ। सैन्य कदमलाई फिर्ता गर्ने अवसर साँघुरो भइरहेको छ।”

राष्ट्रसङ्घको सो प्रस्तानबको पक्षमा एक सय १९ देशले समर्थन गर्दा बेलारुस मात्र विपक्षमा उभिएको थियो। रुस र चीनसहितका अन्य ३६ देश मतदानमा सहभागी भएनन्। राष्ट्रसङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्य पनि रहेका रुस र चीन मतदानमा सहभागि नहुँदा दक्षिण एशियाली देशमध्ये नेपाल, भारत, पाकिस्तान, भुटान, बाङ्ग्लादेश र श्रीलङ्काले पनि मतदान गरेनन्। तर अफगानिस्तान र माल्दिभ्सले भेने प्रस्तावको पक्षमा मतदान गरे।

त्यसरी मतदानमा सहभागी नभएका केही देशले उक्त विषय म्यान्मारको आन्तरिक मामिला भएको बताएका थिए। अन्य केहीले उक्त प्रस्तावले चार वर्षअघि सेनाले रोहिञ्या मुस्लिमविरुद्ध गरेको क्रूर आक्रमणको विषयलाई सम्बोधन नगरेको बताएका थिए। त्यतिबेला झन्डै १० लाख रोहिञ्याहरू म्यान्मार छाड्न बाध्य भएका थिए।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्