Logo

प्रतिनिधिसभा पुनर्स्थापना भ​ए देउबाको बिकल्पमा नेपाललाई अगाडि बढाउने प्रचण्ड र देउबाको नयाँ रणनिति


 

मुन्धुमस्टार डटकम​- विपक्षी गठबन्धन प्रधानमन्त्रीमा माधव नेपाललाई विकल्पको रूपमा अघि बढाउन अग्रसर बनेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता नेपालसँग उनकै निवासमा गएर छलफल गरेपछि माधव नेपाललाई विकल्पको रूपमा अघि बढाउन नेताहरु अग्रसर रहेको श्रोतले बतायो।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रसँगको एकीकरणपूर्वको एमाले स्थायी कमिटी बैठक बोलाउने मनस्थितिमा पुगेको छनक पाएलगत्तै त्यो भेटवार्ता भएको बताइएको छ। झलनाथ खनाल र नेपाल पक्षको असन्तुष्ट समूहको एउटा मुख्य माग नै त्यो बैठक बोलाइयोस भन्ने छ।

प्रतिनिधिसभा पुनर्स्थापना भयो भने विपक्षी गठबन्धनमा फाटो आउन सक्छ। त्यसैले पनि त्यो अवस्था आउनुअघि नै देउवा र प्रचण्डले नेता नेपाललाई विकल्पको रूपमा अघि बढाउन तयार रहेको अनुमान गरिएको छ। तर बैठकमा सहभागी कांग्रेस नेता पूर्णबहादुर खड्काले त्यो कुरा अस्वीकार गर्दै भने, “बरु हाम्रो बीचमा अविश्वास र आशङ्का पैदा गर्ने विभिन्न खालका प्रयत्न हुन सक्छन्, त्यसमा हामी सचेत र सतर्क हुनुपर्छ भन्ने एकदम राम्रो कुरा भयो।”

असन्तुष्ट एमालेसहितका बहुमत सांसदले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा देउवालाई प्रधानमन्त्री बनाउने माग पनि गरिएको छ। प्रधानमन्त्री ओलीको रणनीतिको पूर्वानुमान गर्न नसक्दा आफ्ना प्रतिक्रियात्मक कदम निष्प्रभावी भएको विपक्षी नेताहरू नै बताउँछन घिल्लो पटक संसद पुनर्स्थापना हुँदा विकल्प दिन नसके जस्तै यस पटक पनि पुनर्स्थापना भयो र ओलीले पार्टी बैठक बोलाई दिए भने विकल्प दिन नसक्ने घटना दोहोरिन सक्ने सम्भावना भएको मानिन्छ।

अर्को कुरा ओलीको विकल्पमा देउवालाई अघि सार्दा एमालेकै असन्तुष्ट पक्षका सांसदमा मतभेद देखिएको थियो। कतिपय खनाल-नेपाल पक्षका सांसदले नै हस्ताक्षर गरेनन्। ओलीले स्थायी कमिटीको बैठक आह्वान गर्दा पुनर्स्थापित प्रतिनिधिसभाका नेपालपक्षीय सांसदमाथि दबाव बढ्न सक्छ। त्यसैले चुनाव होस वा पुनर्स्थापना देउवालाई साथ दिएका असन्तुष्ट एमाले सांसदहरूबीच नै ध्रुवीकरणको सम्भावना पनि रहेको बताइन्छ। यिनै आईपर्ने समस्या हरुको मध्यनजर गर्दै देउबा र प्रचण्डले यस्तो रणनिति अक्तियार गरेको हुनसक्ने श्रोतले बतायो।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्