Logo

देउवाले दुई दलको मात्र समर्थन ल्याएकाले प्रधानमन्त्रीमा नियुक्त नगरिएको : राष्ट्रपति भण्डारी


राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभाका सदस्य शेरबहादुर देउवाले दुई दलको मात्र समर्थन ल्याएकाले प्रधानमन्त्रीमा नियुक्त नगरिएको जनाएको छ ।

प्रतिनिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुको कारण माग गरेपछि राष्ट्रपति कार्यालयले आज यस्तो जवाफ दिएको हो ।

नेपाली कांग्रेसका सभापति देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभाको सदस्यको हैसियतमा १४९ जनाको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए ।

त्यस बेला दलीय आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ मत आफूसँग रहेको दाबी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी नपुगेको भन्दै खारेज गरिदिएकी थिइन् ।

त्यसलगत्तै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएपछि विपक्षी नेताहरुले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

कांग्रेस सभापति देउवासहित १४६ जनाको हस्ताक्षरसहित सर्वोेच्चमा रिट परेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्