Logo

चिनियाँ कम्युनिस्ट पार्टीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अस्पताललाई हाइड्रोजन अक्सिजन सहयोग गर्यो


मुन्धुमस्टार डटकम​- चिनियाँ कम्युनिस्ट पार्टी सय वर्ष पुगेको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल मजदुर किसान पार्टीका नेता निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मास्क, हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरणसहित आवश्यक स्वास्थ्य सामग्री जुम्ला ल्याएर अस्पताललाई बुझाएका हुन ।

दुई हजार आठ सय ८० थान एन–९५ मास्क र एक थान हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । दुई हजार माक्स जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई प्रदान गरिएको छ । नेमकिपाका केन्द्रीय सचिवसमेत रहेका सुवालले कर्णालीजस्तो क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गर्न पाउँदा खुसी भएको बताए ।

‘हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन अक्सिजन कन्सेन्ट्रेटरभन्दा बढी भरपर्दो छ । अत्याधुनिक र बहूपयोगी छ । ती सामग्रीको बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेकोे छ,’ नेता सुवालले भने, ‘छिमेकी देश चीनले कोभिडमाथि विजय प्राप्त गरेको र विश्वका अन्य देशहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू सहयोग गरिरहेकोप्रति खुसी छौँ ।’

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमकिपालाई स्वास्थ्य सामग्री सहयोगस्वरूप प्राप्त भएको हो । जनताको स्वास्थ्य सेवामा अधिकतम प्रयोगका लागि खटिएका अस्पताल तथा प्रतिष्ठानहरूलाई सो स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्