Logo

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैनः बेलायती प्रधानमन्त्री जोन्सन


 

काठमाडौँ —  प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जी-७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री जोन्सनले भने, सुरुमा चीनको वुहान सहरको एक ल्याबबाट कोरोना भाइरसको विषाणु लिक भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन । सन २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको विषाणु उक्त ल्याबबाट निस्किएको भनिएको थियो । विशेष गरेर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको प्रयोगशालामा तयार भएको हुनसक्ने भन्दै आधारहीन आरोप लगाएका थिए ।

तर केही दिन पहिले अमेरिकी सञ्चारमाध्यममा छापिएको रिपोर्टमा भने वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको बताइएको थियो । अमेरिकी गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टमा वुहानमा कोरोना भाइरसको संक्रमित भेटिनुअघि नै वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको दाबी गरिएको छ । तर उक्त रिपोर्टको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

तर चीनले भने अमेरिकाले आधारहीन दोषारोपण गरेको बताउँदै आएको छ । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो । मार्चमा विश्व स्वास्थ्य स‌ंगठन(डब्लूएचओ) ले वुहानको स्थलगत भ्रमण र अनुसन्धानपछि प्रतिवेदन सार्वजनिक गर्दै कोरोना भाइरसको उत्पत्ति प्रयोगशालामा तयार भएको भन्ने आरोपलाई खारेज गरेको थियो । डब्लूएचओले कोरोना भाइरसको उत्पत्तिबारेको अध्ययनको प्रारम्भिक प्रतिवेदनमा कोरोना भाइरस जनावरबाट मानिसमा सरेको बताइएको छ । चमेरो र सालकले कोरोना सारेको हुन सक्ने प्रारम्भिक अध्ययनमा बताइएको छ ।

डब्लूएचओको प्रतिवेदनमा फार्ममा पालिएको जंगली जनावर कोरोना भाइरस सार्ने प्रमुख स्रोत भएको हुन सक्ने सम्भावना बलियो भएको बताइएको छ । तर कोरोना भाइरसको उत्पत्तिको स्रोत मानिएको चमेरोले कुन जनावरलाई संक्रमित बनायो भन्नेचाहिँ अध्ययनमा खुल्न सकेको छैन । चमेरोबाट कुनै जनावरमा सरेर त्यसपछि मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ ।

अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित डब्लूएचओको टिम अध्ययनका लागि जनवरी १४ देखि फेब्रुअरी १४ सम्म कोरोनाको उत्पत्तिस्थल मानिएको चीनको वुहान पुगेको थियो । अध्ययन टोलीमा १७ जना चिनियाँ र विभिन्न मुलुकका १७ जना विज्ञ सहभागी थिए ।

अमेरिका, बेलायत, क्यानडा, जापान, नर्वे, डेनमार्कलगायतका विभिन्न १४ मुलुकले भने डब्लूएचओको प्रतिवेदनमा प्रश्न उठाएका थिए । त्यस्तै युरोपेली युनियनले पनि कोरोना भाइरसको उत्पत्तिबारे अझ अनुसन्धान हुनुपर्ने र त्यो स्वतन्त्र हुनुपर्ने बताएको थियो ।

उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए । उनले यस विषयमा बेलायतका वैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने अमेरिकी जाँच एजेन्सीहरू कोरोना भाइरसको उत्पत्तिका बारेमा निष्कर्षमा पुगिनसकेको बताउँछन । केही दिनअघि कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न बाइडेनले जाँच एजेन्सीलाई निर्देशन दिएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्