Logo

सम्यक बुद्विजीवि डा. धनप्रसाद सुवेदीलाई धन्यवादसहित स्पष्टिकरण


गोपाल किराती

सामाजिक सञ्जाल मार्फत डा. सुवेदीले हामीले गरिरहेको वैचारिक विकासको सम्मानमा जुन आलेख सार्वजानिक गर्नु भयो, त्यसका निम्ति सर्वप्रथम धन्यवादसहित केही प्रश्नहरु तथा पाठकहरुको प्रतिकृयावारे अति सक्षिप्तमा स्पष्टिकरण गर्दछौं।

१. वैचारिक विकास सहज विषय होइन, परन्तु यो मार्क्सवादीले नै गर्ने काम हो। मार्क्सवादी त्यो मात्र हुन सक्छ, जो ईमान्दार र वैज्ञानिक चरित्रको होस। माओको निधनयता क्रान्ति गर्ने र प्रतिक्रान्ति रोक्ने विचार र विधि विकास प्रकृया अवरुद्व भयो, जुन अवरोध तोडेर नयाँ विचार र विधिको विकास गर्नु नेपाली सर्वहारावर्गको कार्यभार हो, भनेर पार्टीले जेठ ०६० मा जसरी ढोका खोल्यो, त्यस कार्यभारप्रति हामी सुरुदेखि नै उत्साहित रह्यौं। र, खासगरी पार्टी पुनर्गठनका दौरान उल्लेखनीय वैचारिक विकास गरेका छौं।

२. संस्कृति तथा राज्य पुन:संरचनामन्त्री हुँदाका कामवारे

क. भारतीय भट्टहरुलाई ह’टाएर पशुपतिमा नेपाली ब्राम्हण नियुक्तिको कार्वाही भारतीय सांस्कृतिक उ’पनिवेशवाद विरुद्व नेपालमा राष्ट्रीय स्वाधीनता आ’न्दोलनको जेहाद थियो। यध्यपि, मुख्यत: काग्रेस र सहायकमा एमाले गुटको देशद्रो’ही दलाल प्रबृत्तिका कारण उक्त निर्णय फिर्ता लिनु पर्यो।

ख. आठसय जिल्लाको नयाँ नेपालको विचार स्थानीय जनसमुदायमाझ गणतन्त्र प्रत्याभूत गर्ने युगीन कार्ययोजना थियो। त्यस बेला कांग्रेस, एमाले तथा मधेशवादीले उ’छितो काढे। अन्तत: ७५३ स्थानीय तह बन्न पुग्यो। वस्तुत: हाम्रो विचार कार्यरुपमा आयो।

ग. तीन प्रज्ञाप्रतिस्थान इतिहासकै सर्वोत्तम समावेसी आधारमा गठन गरिएको थियो। अन्तरपार्टी क’लहले यसमा सफल हुन सकिएन।

३. खड्गप्रसाद ओलीसंगै हुँदाको प्रचण्ड र दक्षिणपन्थी फा’सिवादी ओली वि’रुद्व सम्झौताहीन संघर्ष गरिरहेको प्रचण्डमा आधारभूत भिन्नता देख्न सक्नु पर्छ। यहीँनिर जनयु’द्वको मुख्य राजनीतिक उपलब्धी गणतन्त्र रक्षार्थ प्रचण्डलगायतसंग सहकार्य वस्तुगत आवश्यकता बनेको छ। विध्यमान गणतन्त्रको रक्षा नगरे राष्ट्रीयता, लोकतन्त्र अनि समाजवादको सपना एउटै चिहान बन्ने स्थितिप्रति नजरअन्दाज ग’द्दारी मात्र हुनेछ।

उपरोक्त घटनाक्रमवारे विस्तृत रुपमा हामी आफ्नो आत्मसंस्मरण लेख्दैछौं। त्यसैबाट धेरैको भण्डाफोर हुने निश्चित छ। तत्कालका लागि भने माओवादी ध्रूवीकरणको पहल र गणतन्त्र रक्षार्थ कार्यभार प्राथमिक रहेको अवस्थाले यो भन्दा बढि नलेखौं।

अन्त्यमा, हामी साँच्चै क्रान्ति गर्ने संकल्पमा देश र जनताको नाममा जीवनको राजिनामा लेखेर राजनीतिमा प्रवेश गरेका हौं। हामीले आँट्ने हो भने ब्रम्हाण्डीय विचारधाराले मार्क्सवादको चौथो आयाम निर्माण गरिंदैछ भने एघार विशेषताको समाजवादी कार्यक्रमले गणतन्त्र नेपाललाई क्रान्तिकारी विश्वको केन्द्रमा बदल्दैछ। समय छँदै डा. धनप्रसाद सुवेदी जस्ता निस्वार्थ वौद्विकहरु र देशभक्त जनसमुदायले इतिहासको चाल बोध गरिदिने हो भने नेपालको भू-राजनीतिले यहाँ हो ची मिन्ह र ह्युगो चाभेज जन्माउदैछ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्