Logo

सुरक्षाको साथमा “प्रदेशीको याद​” संगै फेरि आए गौतम सागर राई


 

मुन्धुमस्टार डटकम-  ‘प्रदेशीको याद’ बोलको स्टूडीयो भर्सन म्युजिक भिडीयो आज सार्बजानिक भ​एको छ।

गीतकार तथा संगीतकार गौतम सागर राईको शब्द तथा संगीत रहेको यो गीतमा “द भोईस अफ नेपाल” रियालिटी सो कि अहिलेको चर्चित गायिका सुरक्षा सेन्चुरीले स्वर दिएकि छिन। गीतकार तथा संगीतकार गौतम सागर राईको आफ्नै आधिकारिक अफिसियल युट्युब च्यानल “Gautam Sagar Rai” युटूब च्यानलबाट आज सार्बजानिक भ​एको हो। लोक आधुनिक प्याटनको उक्त गीतको संगीत संयोजन मनोज साङसन् राईले गरेका हुन भने यो गीतलाई रेकर्डीस्ट सुरेश राईले रेकर्ड गरेका हुन​। स्टूडीयो किङ्समा रेकर्ड गरिएको यो गीतमा साउण्ड ईन्जिनियर राजु कार्किले मिक्सिङ तथा मास्टरिङ गरेका छ्न भने उक्त गीतको भिडीयो सम्पादन जस्केकलो क्रियसनले गरेको हो।

हाल अमेरिकामा बस्दै आएका यस गीतको गीतकार तथा संगीतकार आफै एक राम्रा गायक पनि हुन​। प्रदेशमा बसेरपनि नेपालि गीत संगीत उधोगलाई एकपछि अर्को सृजनाहरुको माध्यमद्वारा उनले ठुलो योगदान गरिरहेका छ्न। साहित्यको राम्रो ज्ञान भएको कारण हरेक शब्दहरुमा खेल्न माहिर सर्जक राईले यसपालि भने प्रदेशीको आफ्नो प्यारो मान्छेको यादमा भाबबिह्वल बनेकि एक नारिको अन्तरबेदनालाई गीतमा पोखेका छ्न​। जुन गीतलाई गायिकाको अत्यान्तै मिठो गायकिले अझ जिबन्त बनाएको छ। त्यसैले भन्न सकिन्छ कि, बिभिन्न कारणले अफ्नो चोखो प्रेम र आफ्नै प्यारो मान्छेलाई छोडि प्रदेशीन​ बिवस नेपालि युवाहरुको  एउटा साझा गीत बनेको छ।

शब्द​, संगीत​, स्वर लगायत संगीत संयोजन सबै पक्षको संयोजन राम्रो मिलेको कारण नेपालि गीत संगीतको पारखिहरुकोलागि एउटा राम्रो गित बनेको र यो गीतलाई सबैले मन पराईदिने कुरामा आफुहरु बिश्वस्त रहेको कुरा गीतको निर्माण पक्षले मुन्धुमस्टार डटकमलाई बताए।

पुरा भिडीयोको लिङ्क तल​…

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्