युरो कप – विपक्षी खेलाडीलाई लक्षित गरी खुसी मनाएको भन्दै अस्ट्रियाका खेलाडीमाथि प्रतिबन्ध

अस्ट्रियाका फरवार्ड मार्को अर्नाउटोभिकलाई युरोपियन फुटबल महासंघले एक खेलको प्र’तिबन्ध लगाएको छ।
युरो २०२० अन्तर्गत आइतबार नर्थ म्यासेडोनियाविरुद्धको खेलमा विपक्षी खेलाडीलाई लक्षिण गर्दै खुसी मनाएको भन्दै उनलाई प्र’तिबन्ध लगाइएको हो।
सर्वियन मूलका अर्नाउटोभिकले गोलको खुसी मनाउने क्रममा मुख तथा हातले संकेत गर्दै म्यासेडोनियाका खेलाडीहरू इग्जोन बेज्टुलाइ र जानी अलीस्कीलाई जिस्काएका थिए।
अन्त्यतिर गोल गरेपछि विपक्षी खेलाडीलाई जिस्क्याएर खुसी मनाउने क्रममा अर्नाउटोभिकलाई अस्ट्रियाका कप्तान डेभिड अलाबाले रोकेका थिए।
खेलपछि अर्नाउटोभिकले माफी माग्दै आफू रंगभेदी नभएको बताएका थिए।
युइएफएले उनी दो’षी ठहर गर्दै एक खेल प्रतिबन्ध लगाउने निर्णय गरेपछि अब नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउनेछन्।
अर्नाउटोभिक अस्ट्रियामा जन्मिए पनि उनका बुबा सर्वियन हुन्।
सर्वियाले कोसोभोलाई अहिले पनि मान्यता दिएको छैन भने सर्विया र नर्थ म्यासेडोनियाबीच लामो समयदेखि वि’वाद हुँदै आएको छ।