अमेरिकन गायक, गीतकार तथा अभिनेत्री जेनिफर लोपेजले हालै नेटफ्लिक्ससँगको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गरेकी छन् ।
उनी नेटफ्लिक्सको साइन्स फिक्सन थ्रिलर ‘एटलास’ मा देखिने भएकी छन् ।
ब्राड पेइटनद्वारा निर्देशन गर्न लागेको उक्त फिल्ममा जेनिफरको अभिनयसँगै निर्माण पनि रहने छ ।
लियो सार्डेरियनको ओरिजिनल स्क्रिप्टमा आधारित स्क्रिप्टलाई चलचित्रका लागि एरोन एली कोलाइटले लेख्दैछिन् ।
खबरका अनुसार चलचित्र, एटलास नामकी एक युवतीको कथामा आधारित रहने छ ।
जहाँ एआई सिपाहीहरू युद्धको अन्त्य भनेकै मानवताको अन्त्य भएको धारणा राखिरहँदा, एटलास मानवताका लागि लडिरहेकी हुन्छिन् ।
एजेन्सी
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
