Logo

हामी मर्न तयार छौँ, तर न्याय र समानताको आन्दोलन छोड्दैनौंः भूतपूर्व ब्रिटिश गोर्खा


 

मुन्धुमस्टार डटकम – ब्रिटिश सरकारले कोभिड-१९ सँग जुध्न लागू गरेका प्रतिबन्धहरू केही खुकुलो तुल्याउँदै गर्दा मङ्गलवार सेन्ट्रल लन्डनमा सयौँ भूतपूर्व गोर्खा सैनिकहरू जम्मा भएर न्यायको माग गरे।

उनीहरूले “हामीलाई न्याय चाहियो, हामीसँग समान व्यवहार गरियोस्” जस्ता नारा लेखिएका प्लेकार्डहरु बोकेका भूतपूर्व गोर्खा सैनिकहरूलाई ब्रिटेनस्थित शीख समुदाय, केही भूतपूर्व ब्रिटिश सैनिकहरू र अन्य सङ्घसंस्थाहरुले पनि ऐक्यबद्धता जनाएका थिए।

त्यस्तै गोर्खा सैनिकहरूलाई समर्थन जनाउँदै प्रदर्शनमा सहभागी नेपाली मूलका केही युवायुवतीहरूले नेपाललाई कोभिड विरुद्ध खोप दिन ब्रिटिश सरकारसँग माग गरेका थिए।

पश्चिम नेपालको तनहुँमा जन्मिएर गैँडाकोट, नवलपुरमा बसोबास गर्ने ७५ वर्षीय भूतपूर्व गोर्खा कुलप्रसाद थापा पनि प्रदर्सनमा सहभागि थिए। उनी सन २०११ मा बेलायत आएका हुन्।

के-के छ्न त भूपू गोर्खाहरूका मागहरु?
२२ वर्ष नोकरी पूरा गरेका बेलायती गोर्खाहरूले अन्य बेलायती सिपाहीसरह दर्जाअनुसारको पूर्ण निवृत्तिभरण पाउनुपर्ने।
२१ वर्षको उमेरमा सेवा सुरु गरी १६ वर्ष नोकरी अवधि पूरा गरेका गोर्खा अधिकृतले अन्य बेलायती अधिकृतसरह दर्जाअनुसारको पूर्ण निवृत्तिभरण पाउनुपर्ने।
१५ वर्ष नोकरी अवधि पूरा गरेका गोर्खा सिपाहीले २२ वर्ष सेवा गरेका अन्य बेलायती सिपाहीले पाएअनुसार दर्जाअनुसारको निवृत्तिभरण समानुपातिक दरमा पाउनुपर्ने।
निम्न निवृत्तिभरणहरू तत्काल लागु हुने गरी बेलायतीसरह बनाउनुपर्ने, कामको सिलसिलामा वा लडाइँमा मृत्यु भएकाको लागि, र लिबरल, अशक्तता (डिसएबिलिटी), विधवा र पण्डितको निवृत्तिभरण सन १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाहरूलाई एक पटकका लागि एकमुष्ट रकम दीनुपर्ने।
सन १९७५ पछि कम्तीमा दुई वर्ष नोकरी गरी सेवा निवृत्त भएका तर कुनै निवृत्तिभरण नपाएकाहरूलाई सञ्चित निवृत्तिभरण (प्रिजर्भड पेन्सन) दीनुपर्ने।
गोर्खा सिपाहीले बेलायतमा रहँदा नेशनल इन्स्युरेन्स (राष्ट्रिय बिमा) तिरेका, साथै समान तलब भत्ता पनि नपाएका हुँदा उनीहरूले राज्य प्रदत्त निवृत्तिभरण (स्टेट पेन्सन) पाउनुपर्ने।
क्षतिपूर्तिमा, गोर्खाहरूलाई ऐतिहासिक अन्याय भएको हुँदा दर्जा र सेवाको अवधिअनुसार अन्यायको क्षतिपूर्ति पाउनुपर्ने।
नियमित सेवापश्चात निवृत्त वा बर्खास्त भएका तर हाल मृत्यु भइसकेका बेलायती गोर्खाका छोराछोरीहरूले सद्भावना भुक्तानी (गुडवील पेमेन्ट) पाउनुपर्ने।
अन्य सुविधामा, भारतीय गोर्खाहरूले नेपालमा पाएसरह हुने गरी बेलायती गोर्खाहरूका लागि नेपालमा औषधी उपचारको व्यवस्था हुनुपर्ने।
बेलायती गोर्खाका ३० वर्ष भन्दामाथि उमेरका सबै छोराछोरीलाई पनि बेलायती आवासीय अधिकार दीनुपर्ने।
भूतपूर्व बेलायती गोर्खा र तिनका परिवारलाई वार्षिक ९० दिन नेपाल जान पाउने सुविधा दिनुपर्ने र निवृत्तिभरण रकम सिधै नेपालको केन्द्रीय ब्याङ्क (नेपाल राष्ट्र ब्याङ्क) मा जाने व्यवस्था मिलाउनुपर्ने लगायतका मागहरु छन​।

आन्दोलनरत गोर्खा सत्याग्रह लगायत अन्य गोर्खा संस्थाहरूले संयुक्त प्राविधिक समितिको प्रतिवेदनबारे छलफल गर्न नेपाल तथा ब्रिटिश सरकारलाई तत्काल वार्ता सुरु गर्न आह्वान गरेका छन्। यसबारे ब्रिटिश सरकारले सकारात्मक जस्तो देखिने जवाफ दिएको भए पनि नेपाल सरकारले भने अझै कुनै जवाफ दिएको छैन। लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता श्रीमती रोशन खनालले नेपाल सरकार वार्ताद्वारा गोर्खा समस्याको समाधान गर्न सधैँ तयार रहेको बताइन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्