Logo

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ४ असारमा विश्वासको मत लिने


 

मुन्धुमस्टार डटकम – गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ४ असारमा विश्वासको मत लिने भएका छन । नियुक्त भएको एक सातामै विश्वासको मत लिने तयारी मुख्यमन्त्रीले गरेका हुन ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । ३० दिनभित्र विश्वासको मत लिन असफल भए संविधानको धारा १६८ को उपधारा ७ बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था छ ।

४ असारमा विश्वासको मत लिने सूचना मुख्यमन्त्रीले बुधबार प्रदेश सभा सचिवालमा दर्ता गराइसकेका छन । ६० सदस्य प्रदेश सभामा जनमोर्चाको एक सांसद पदमुक्त भएसँगै हाल ५९ सदस्य कायम रहेका छन । मुख्यमन्त्रीलाई विश्वासको मतको लागि ३० मत आवश्यक पर्छ ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेको पोखरेल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा २९ जेठमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमनत्रीमा नियुक्त गरेकी थीईन । पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी थीईन।

प्रदेश सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका दुई, जनता समाजवादी पार्टीका दुई र एक स्वतन्त्र सांसद छन । पोखरेल कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका दुई, जसपाका दुई र १ स्वतन्त्र गरी ३१ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्