Logo

बाढीपहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रचण्डको माग (बिज्ञप्तिसहित)


बाढीपहिरोपीडितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माग गरेका छन्।

सिन्धुपाल्चोक, मनाङलगायत जिल्लामा बाढीपहिरोले क्षति पुर्‍याएकोले उद्धार र राहतको व्यवस्थापन मिलाउन प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रचण्डले संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन आग्रह गरेका छन्।

‘बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ,’ प्रचण्डले आज निकालेको विज्ञप्तिमा उल्लेख छ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा जुट्न पनि आग्रह गरेका छन्। बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिन तथा घाइतेलाई नि:शुल्क उपचार गर्न प्रचण्डले माग गरेका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्