Logo

एलन मस्कले किन आफ्नो अन्तिम घर बेच्दैछन ?


टेस्लाका सिइओ एलन मस्कले बिक्री हुन बाँकी आफ्नो अन्तिम घर पनि बेच्ने बताएका छन्। एलनले सोमबार आफ्नोआधिकारिक ट्विटरमार्फत क्यालिफोर्नियास्थित बिक्री हुन बाँकी घर बेच्ने निर्णय गरेको अमेरिकी वेभसाइट इन्साइडरले जनाएको छ।

एलनले क्यालिफोर्नियामा रहेको घरलाई विशेष स्थान बताएका छन् । र, उनले यो घर एक ठूलो परिवारलाई बेच्ने इच्छा व्यक्त गरेका छन्।

पछिल्लो केही महिनादेखि एलनले आफ्नो सबै सम्पत्ति बेचेर रकम जम्मा गर्ने बताउँदै आएका छन्।

जुन रकम उनी मंगल ग्रहमा बस्ती बसाउन प्रयोग गर्नेछन्। इन्साइटरका अनुसार उनी सन् २०५० सम्ममा १० लाख मानिसलाई मंगल ग्रहमा पुर्याउने योजनामा छन्।

एलनले आफ्नो अन्तिम घर बेच्ने निर्णय गरेको एक साताअघि मात्रै प्रोपब्लिकाले उनले सन् २०१४ देखि २०१८ सम्मको गरेर अमेरिकी ४ सय ५५ मिलियन डलर कर तिरेको रिपोर्ट गरेको थियो।

धेरै अघिदेखि उनले कर छलीको गरेको रिपोर्टरू सार्वजनिक भइरहेको छ। तै पनि एलनले कर तिरेको बेला उनको सम्पत्ति अमेरिकी १४ बिलियन डलरले बढेको थियो।

एलनले गत बुधबार भने अब सबै कर तिर्ने बताएका छन्। ट्विटमा गर्दै उनले आफ्नो सम्पत्ति भनेको क्यालिफोर्निया बे क्षेत्रमा भएको घर रहेको समेत बताए।

टेस्ला र स्पेसएक्सका सिइओ एलनका अनुसार मंगलग्रहमा बस्ती बसाउन धेरै स्रोतहरूको आवश्यक छ।

उनले इन्साइडरसँग कुराकानीमा भनेका छन्, ‘मंगलग्रहमा बस्ती निर्माण गर्न धेरै स्रोतहरू लिएर जादैंछु।

यसको लागि मैल सकेसम्म योगदान गर्न चाहन्छु। जसको लागि धेरै पूँजीको आवश्यकता छ।’

एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्