Logo

नेप्सेमा करेक्सन हुँदा १६ अर्बको कारोबार


लगातार तीन कारोबार दिन उच्च अंकले बढेको सेयर बजारमा तेस्रो कारोबार दिन भने सामान्य करेक्सन भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.७२ अंकले करेक्सन भएर ३०२२.११ अंकमा बन्द भएको छ ।

बजार परिसूचकसँगै सोमबारको तुलनामा कारोबार रकम पनि केही घटेको छ । आइतबार १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार १८ अर्ब ८८ करोडको कारोबार भएको थियो । तर, आज भने नेप्सेमा ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५२ करोड ८७ लाख ५० हजारको कारोबार भएको छ ।

नेप्सेमा करेक्सन भए पनि ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.२५ अंकले बढेर ५५०.२६ अंकमा बन्द भएको छ । आज नेप्सेमा होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लगानी र म्युचुअल फन्ड उपसूचक बढे पनि त्यसबाहेकका अन्य उपसूचक भने करेक्सन भएको छ ।

सोमबार बजारलाई लिड गरेको बैंकिङ उपसूचक ०.३४ प्रतिशतले करेक्सन हुँदा विकास बैंक उपसूचक सर्वाधिक४.४२ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.२९ प्रतिशत र जलविद्युत् उपसूचक २.८९ प्रसितशतले करेक्सन भएको छ ।

यता, अन्य उपसूचक सर्वाधिक ३.९९ प्रतिशतले वृद्धि हुँदा लगानी उपसूचक २.०७ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक १.५ प्रतिशत र उत्पादनमूलक उपसूचक १.१४ प्रतिशतले बढेको छ ।

आज बजारमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको ७६ करोड ३० लाख ९७ हजारको कारोबार हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनीको ५२ करोड ३१ लाख १२ हजार र हिमालयन डिस्टिलरीको ४२ करोड ३ लाख २२ हजारको कारोबार भएको छ ।

नेप्सेमा करेक्सन भए पनि आज सीईडीबी, खानीखोला र युनियन हाइड्रोपावरको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै, ओरियन्टल होटेलको सेयर मूल्य ५.८१ प्रतिशत र जलविद्युत् लगानी तथा विकास कम्पनीको ५.८० प्रतिशतले बढेको छ ।

यता, छ्याङदी हाइड्रोपावरको सेयर मूल्य ७.६६ प्रतिशत, लिबर्टी हाइड्रोपावरको ७.०२ प्रतिशतले घटेको छ । यस्तै, बरुण हाइड्रोपावरको सेयर मूल्य ६.९८ प्रतिशतले घट्दा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको ६.५७ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये ३२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्