Logo

बिपी प्रतिष्ठानका उपकुलपतिविरूद्ध आन्दोलन


धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको अनियमितताबारे आवाज उठाइरहेकाहरूलाई प्रतिष्ठान नेतृत्वले स्पष्टीकरण सोधेको घटनाविरूद्ध आ’न्दोलन सुरू भएको छ।

प्रतिष्ठान धरानका फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेललाई प्रतिष्ठानमा भ्र’ष्टाचार भएको विषय उठाएको भन्दै उपकुलपतिले स्पष्टीकरण सोधेको घटनाविरूद्ध चिकित्सक र विद्यार्थी आ’न्दोलित बनेका हुन्।

भ्र;ष्टाचारको विषयमा कुरा उठाएर त्यसबारे अख्तियार दु’रूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई म्यासेज गरेका पोखरेललाई प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेपछि चिकित्सक तथा विद्यार्थीहरू आ’क्रोशित बनेका छन्।

प्रतिष्ठानको अनियमितताबारे डा. पोख्रेलले अख्तियार प्रमुखलाई एसएमएस गरेका थिए भने अन्यलाई पनि एसएमएस गर्न अपिल गरेका थिए।

सोही विषयलाई लिएर प्रतिष्ठानका उपकुलपति गिरीले उनलाई आइतबार स्पष्टीकरण सोधेका थिए।

उपकुलपति गिरीले प्रतिष्ठानको नियमावलीमा उल्लेखित आचारसंहिताविपरीत कार्य गरेकोमा कारबाही किन नगर्ने भन्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेका छन्।

अनियमितताबारे आवाज उठाउँदा स्पष्टीकरण सोधिएको भन्दै फ्याकल्टी वेल्फेयर सोसाइटीले भने आपत्ति प्रकट गरेको छ।

स्पष्टीकरणको विरोधमा मंगलबार बिहान उपकुलपति कार्यालयअघि फ्याकल्टी, जेआर र विद्यार्थीहरूले वि’रोध प्रदर्शन गरेका थिए।

उनीहरूले २४ घण्टाभित्र स्पष्टीकरण फिर्ता लिएर उपकुलपतिले माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्