Logo

‘दलित’ कुनै अ’पमानको निम्ती सम्बोधन गर्ने शब्द होइन


उद्बब बिश्वकर्मा

दलित शब्द भाषा पेशा र जातलाई एउटै परिचयमा सम्बोधन गर्नको निम्ति स्थापित शब्द हो ‘दलित’ । आजको एक्काइसौं शताब्दीमा आइपुग्दा दलित शब्दलाई विभिन्नकोणबाट राजनीति एजेन्डामा समाहित गर्ने प्रवृत्तिले शब्द नै मासिने खेलको सुरुवात भएको आकलन गर्न सकिन्छ । आज समावेशीको नाममा कोटामा मात्र सिमित गराउने परिपाटीले खुल्ला राजनीतिक स्वतन्त्रमाथि नै कु’न्ठित भएको अवस्था छ।

आज हाम्रो समाजमा ‘दलित’ भन्नसाथ छुत र अ’छुतको दृस्ठिले हेर्ने प्रचलन छ। पानी चल र अ’चल ‘दलित’ हुँदै पानी अ’चल हुने उच्च जाती हुदैमा पानी चल हुने यस प्रवृत्तिले बिज्ञान र बैज्ञानिकतामा कुनै आधार दिदैन, आज ‘दलित’ भन्नसाथ दलिएको हे’पिएको छियाछिया पारिएको अर्थ लगाउने प्रचलनले शिल्पी लेख्ने प्रचलनको पनि बिस्तारै बिकास हुँदै गएको छ । यसले दलितको खास अर्थ दिदैन, शिल्पकार भन्ने नेवार जाति भित्र शिल्पकार एउटा जातै छ। उसले आज आफुलाई अरनिको सन्तति भनेर दाबी गर्छ। शिल्पकार कहिल्यै पानी चल र अ’चल भएन र छैन।

सुनचाँदी ब्यायबसाय गर्ने, लुगा सिलाउने, मादल बनाउने काम हो तर ‘दलित’ शब्द चाहिँ पहिचान हो। परियार (दमाई ) लुगा सिलाउने काम र पेशा हो तर पहिचान होइन, यो समुदायको सङ्गीत र सर्जकसँग जोडिएको छ। बिश्वकर्मा (कामी) यो सम्प्रदायको सुनचाँदी ब्यायबसाय काम र पेसा हो तर फलामको कलात्मक हातह’तियार बनाउने पहिचान हो। गन्धर्व जातिको पहिचान पनि गाउने र बजाउनेसँग जोडिएको छ, यसले गर्दा आज ‘दलित’ भित्रको जात विशेषलाई प्राथमिकता दिनुभन्दा पनि कुन शब्दले सबैको प्रतिनिधित्व गर्छ। समेट्न सजिलो हुन्छ भन्ने बिषयको खोज गर्न जरुरी देखिन्छ।

लेखक : उद्बब बिश्वकर्मा

आज नेपाली शब्दकोषले पनि मानिसमा छुत र अ’छुतलाई बढवा दिन ठूलो मद्दत पुर्याएको छ। जनजाति शब्द चालचलन भाषामा अति लोकप्रिय छ तर नेपाली शब्दकोषले जनजाति भन्नाले जङ्गल फोरेर बस्ती बसाल्ने अर्थ दिएको छ। आजका दलितका पुर्खा अछुत बनाइनुभन्दा पहिले कोही राजा थिए होलान्, कोही ऋषि थिए होलान्, कोही समाजका अत्यन्तै प्रतिष्ठित मान्छे थिए होलान्, या समाजका नकारात्मक पात्र थिए होलान्, त्यसले उनीहरूलाई अ’छुत बनाइसकेपछि खास अर्थ राख्दैन । खास अर्थ त पानी अ’चल बनाइसकेपछि त्यसका विरुद्ध सङ्घर्ष गर्न चालिएका कदम र सङ्घर्ष गर्दा निर्माण भएको परिचयले नै वर्तमानमा आवश्यक अर्थ राख्छ ।

नेपालमा विश्वकर्मा लेख्नेलाई भे’दभाव गरिन्छ, त्यही शब्द लेख्नेलाई भारतमा गरिँदैन । यसको अर्थ हो— शब्द दोषी होइन, बरु त्यो शब्दलाई समाजले कसरी बुझ्ने संस्कृति/विचार छ, त्यसको दोष हो ।

त्यसकारण ४ हजार वर्षअगाडि दलितका पुर्खा कस्ता थिए, उनीहरूलाई के भनिन्थ्यो भन्ने कुरा इतिहास अध्ययनका निम्ति त काम लाग्छ, तर त्यसले आजको सङ्घर्ष अगाडि बढाउन काम दिँदैन । शास्त्रमा विश्वकर्मा सम्मानित थिए भन्दैमा आजको विश्वकर्मा थर राख्ने कामीलाई स्वतः सम्मान प्राप्त हुँदैन, बरु उसले आफ्नो मु’क्तिका निम्ति आजकै सन्दर्भमा आजकै परिचयअनुसार सङ्घर्ष गर्नुपर्ने हुन्छ । आजको सन्दर्भमा सबै भाषी र सबै क्षेत्रमा विभक्त ‘दलित’लाई एकत्रित गराउन ‘दलित’ शब्द नै उपयुक्त भइसकेको छ ।

शब्दकोशमा पुरानै अर्थ मात्रै राखिरहनु र जनजाति आ’न्दोलनले निर्माण गरेको जनजाति शब्दको नयाँ गौरवमय अर्थ शब्दकोशमा नसमेट्नु शब्दकोश निर्माता र राज्यको बे’इमानी हो । आफ्नो बारेमा आफ्नो आ’न्दोलनले निर्माण गरेको नयाँ गौरवमय शब्दको अर्थलाई शब्दकोशमा समावेश गर्नका निम्ति जनजाति आन्दोलनले पहल नगर्नु जनजाति आ’न्दोलनको कमजोरी पनि हो । तर, जनजाति शब्दको अर्थ पुरानो शब्दकोशमा बताएजस्तो चाहिं आज कदापि होइन । ठीक त्यसरी नै शब्दकोशमा ‘दलित’ शब्दको अर्थ जे लेखिएको भए पनि दक्षिण एसियाको ‘दलित’ आ’न्दोलनले दलित शब्दको नयाँ र गौरवमय अर्थ निर्माण गरिसकेको छ । यो नयाँ र गौरवमय अर्थलाई शब्दकोशमा नसमेट्नु शब्दकोश निर्माता र राज्यको बे’इमानी हो । साथै, आफ्नो आ’न्दोलनले निर्माण गरेको ‘दलित’ शब्दको नयाँ अर्थलाई शब्दकोशमा समावेश गराउन ‘दलित’ आ’न्दोलनले पहल गर्न नसक्नु आ’न्दोलनको कमजोरी मात्र हो । अब निर्माण हुने शब्दकोशमा ‘दलित’ शब्दको नयाँ गौरवमय अर्थ लेखिनुपर्छ ।

थुप्रै युवालाई लाग्ने गरेको छ— ‘दलित’ भनिरहेसम्म त दलित अवस्था रहिरहने भयो । त्यसैले दलित शब्द छाड्नुपर्छ कि ! २०२४ सालभन्दा अगाडि नेपालमा ‘दलित’ भनिंदैनथ्यो । त्यसले के जनाउँछ ? दलितहरूको जीवन सम्मानित थियो ? उनीहरूका मुद्दा समाधान हुने दिशामा थिए ? पक्कै थिएनन् । ‘दलित’ भनेर दलित अवस्था बनेको होइन, रहेको होइन । त्यसको सट्टा ‘दलित’ अवस्था रहिरहने र पुनरुत्पादन भइरहने आर्थिक, राजनीतिक र सांस्कृतिक परिपाटी जीवित भएकाले ‘दलित’ अवस्था रहिरहेको हो । जस्तो कि, विश्वकर्मा दलितले लेख्छन्, भारतमा एकथरी गैरदलितले लेख्छन् । नेपालमा विश्वकर्मा लेख्नेलाई भे’दभाव गरिन्छ, त्यही शब्द लेख्नेलाई भारतमा गरिँदैन । यसको अर्थ हो— शब्द दोषी होइन, बरु त्यो शब्दलाई समाजले कसरी बुझ्ने संस्कृति/विचार छ, त्यसको दोष हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्