Logo

समाजवादी क्रा’न्तिका महानायक लेनिन को हुन् ?


यो भनाइ विश्वमा प्रथम पटक समाजवादी क्रान्तिको नेतृत्व गरी सफलता हासिल गर्ने महान लेनिनको हो । लेनिनको नेतृत्वमा रुसी बोल्शेविक पार्टीले सन् १९१७ मा रुसमा समाजवादी क्रा’न्ति सम्पन्न गर्यो । त्यो क्रा’न्तिले माक्र्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको स्थापना गर्ने प्रयत्न गर्यो । लेनिनले वैज्ञानिक समाजवादी राज्यसत्ताका लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्त प्रतिपादन गरे ।

लेनिनले क्रा’न्तिपश्चात रुसमा भव्य पुस्तकालय स्थापना गर्ने सपना साँचेका थिए । नभन्दै क्रा’न्ति सम्पन्न भएपश्चात रुसले पुस्तक र पुस्तकालयसम्बन्धी धेरै काम पनि गर्यो । तर, क्रा’न्तिकालमा लेनिनले कति पुस्तक पढे, कसरी पढे ? यो कुरा पनि कम्ती रोचक र ज्ञानवर्धक छैन । लेनिन कति पढ्थे भन्ने कुरा ‘रुसमा पुँजीवादको विकास’ भन्ने किताब लेख्नको लागि उनले ५ सय ८३ थान किताब पढेकोबाट थाहा पाउन सकिन्छ । तर, कसरी निकाल्थे उनले त्यत्रो पुस्तक पढ्ने समय ? जबकि उनी त कहिले जे’ल परे, कहिले निर्वासित भए । हो, उनले त्यहीबेला सबैभन्दा धेरै पुस्तक पढे । जे’लमा हुँदा उनका लागि आवश्यक पुस्तक उनकी बहिनी आन्नाले बाहिरबाट किनेर, पुस्तकालयबाट खोजेर लगिदिन्थिन् । निर्वासनमा हुँदा त उनी पुस्तालयमै अधिकांश समय बिताउँथे ।

उपन्यासले पो प्रभावित

लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।

लेनिनकी आमा मारिया अलेक्सान्द्रभ्ना डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै बिदेशी भाषाका ज्ञाता थिइन् । त्यस्तै साहित्य र सङ्गितप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील बिचार राख्ने व्यक्ति थिए । उनले रुसी जनसाधारणका बीचमा शिक्षा प्रचार गर्ने, गाउँहरुमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनीहरुका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । उल्यानोभ दम्पतीले आफ्ना सन्तानहरुलाई बहुपक्षीय शिक्षा दिए । यसका साथसाथै उनीहरुले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्वपूर्ण योगदान गरे ।

संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि गएर क्रा’न्तिकारी बने । केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली वर मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरुलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरुमा उनीहरुलाई सहयोग गर्न अग्रसर हुन्थे ।

सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र टल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिब’न्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रा’न्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा बिरोधी नेर्निसेभ्स्कीको ‘के गर्ने ?’ उपन्यासले उनलाई प्रभावित पारेको थियो ।

कसरी हेलिए क्रा’न्तिको मार्गमा ?

युवा अवस्थाका लेनिनको चिन्तनशैलीमा परिवार, वरिपरिको वातावरण, प्रगतिशील रुसी साहित्यले निकै ठूलो प्रभाव पारेको थियो । रुसमा पुँजीवादी शो’षणका साथसाथै सा’मन्ती उत्पी’डन कायम थियो, जसले सहरिया म’जदुर र गाउँले किसानहरुको जीवन द’यनीय तुल्याएको थियो । जारशाही अ’त्याचार, जमिनदार र पुँजीपतिहरुको द’मन, म’जदुर र किसानहरुको पददलित अवस्थाले किशोर लेनिनको हृदयमा शो’षकहरुप्रति घृ’णा र शो’षितहरुप्रति सहानुभूति पैदा गरेको थियो । जिम्नेसियम बसाइको क्रममै लेनिनको हृदयमा क्रा’न्तिकारी भावनाहरु पैदा भैसकेका थिए । लेनिनको परिवारिक बनोट नै क्रा’न्तिकारी किसिमको थियो । लेनिन आफ्नो दाजु अलेक्जेन्डरको व्यक्तित्वबाट निकै प्रभावित थिए । लेनिनका दाजु अलेक्जेन्डर पिटस्वर्ग विश्वविद्यालयको बिद्यार्थी छँदा जा’रशाहीबि’रुद्ध क्रा’न्तिकारी संघर्षमा सक्रिय रुपमा सहभागी हुन्थे । आफ्ना जेठा दाजुबाट नै लेनिनले मार्क्सवादी साहित्यको प्रारम्भिक ज्ञान हासिल गरेका थिए ।

सन् १८८६ मा लेनिनका पिताको अकस्मात नि’धन भयो । परिवारले यो पी’डा बिर्सन नपाउँदै मार्च १८८७ मा उनका दाजु अलेक्जेन्डर पिटर्स्वर्गमा गि’रफ्तार भए । उनलाई तत्कालीन रुसी जारशाही शासक अलेक्जेन्डर तृतीयको ह’त्याको ष’डयन्त्रमा संलग्न भएको आरोपमा त्यसै वर्षको मे महिनामा स्लिसेल्बर्ग किल्लमा फाँ’सी दिइयो । त्यसले लेनिनलाई ठूलो चो’ट पुर्यायो । उनले आफ्नो सम्पूर्ण जीवन क्रा’न्तिकारी सं’घर्षमा लगाउने संकल्प गरे । क्रा’न्तिकारी कामको लागि आफूलाई तयार गर्दै किशोर लेनिनले सामाजिक विज्ञानहरुको ग’म्भिरतापूर्वक अध्ययन गरे । स्वर्ण पदकसहित जिम्नेसियमको आफ्नो अध्ययन सकेपश्चात् अगस्ट १८८७ मा उनी काजान विश्वविद्यालयको कानुन विभागमा भर्ना भए ।

मार्क्सवादको गहन अध्ययन

डिसेम्बर १८८७ मा अठार वर्षीय लेनिन जा’रशाहीबिरु’द्ध क्रा’न्तिकारी संघर्षमा होमिएका कारण विश्वविद्यालयबाट निष्कासित हुनुका साथै गि’रफ्तार पनि भए । उनी काजान गुबेर्नियाको कोकुसकिनो गाउँमा निर्वासनमा पठाइए । बिस्तारै–बिस्तारै लेनिनको गतिविधिमाथि प्रशासनले कडा निगरानी राख्न सुरु गर्यो । निर्वासनकालमा उनी विहान उठेदेखि बेलुका सुत्ने बेलासम्म पढ्थे । उनको निर्वासनकाल एक वषर्को थियो । काजान बसाइको क्रममा उनी रुसी क्रा’न्तिकारी नि.ए. फेदोसेएफले गठन गरेको समूहको सदस्य बने । त्यो बेला सामाजिक क्रा’न्तिका लागि जर्मन दार्शनिक तथा क्रा’न्तिकारी नेता कार्ल मार्क्सले जर्मनीकै अर्का दार्शनिक फ्रेडरिक एङ्गेल्ससँगको सहकार्यमा प्रतिपादन गरेको दर्शन तथा सिद्धान्तहरुबारे चर्चा सुरु भएको समय थियो ।

मार्क्स र एङ्गेल्सद्वारा प्रतिपादित दर्शन तथा सिद्धान्तलाई मार्क्सवाद भनिन्छ । नि.ए. फेदोसेएफ रुसका प्रथम मार्क्सवादी थिए । उनीबाटै प्रभावित भई लेनिनले पनि काजानमा मार्क्सवादको अध्ययन सुरु गरे । मार्क्सवादको अध्ययनबाट लेनिनले सर्वहारा श्रमिक वर्गलाई पुँजीपति वर्गको शो’षणबाट मुक्ति दिलाउन पुँजीवादी राज्यसत्तालाई ध्वं’श गरी समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्ने कुरा सिके । (कार्ल मार्क्सका अनुसार निजी सम्पत्तिको नाममा केही नभएका, काम गर्ने औजारसमेत पनि आफ्नो नभएका औद्योगिक मजदुरहरु नै सर्वहारा श्रमिक हुन् ।) जुनबेला लेनिन क्रा’न्तिकारी आ’न्दोलनमा उत्रिँदै थिए, पश्चिम युरोपको म’जदुर आ’न्दोलनमा मार्क्सवादी बिचारधाराले ठाउँ लिइसकेको थियो । र, त्यो क्रमशः रुसतिर फैलिँदै थियो । गेओर्गो प्लेखानोभ रुसमा मार्क्सवादका पहिलो प्रमुख प्रचारक थिए । लेनिनले मार्क्सको प्रमुख कृति ‘पुँजी’को गहन अध्ययन गरे । युवा उमेरमा नै आफ्नो वाक्पटुताले अरुलाई आकर्षित गर्ने र विश्वास दिलाउने क्षमता लेनिनमा थियो ।

तर्कबाज वकिलको रुपमा

मे १८८९ तिर लेनिन आफ्नो परिवारसहित काजानबाट सामरा गुवेर्निया आए र सामरा बसाइको क्रममा उनले मार्क्स र एङ्गेल्सका कृतिहरुको कठोर अध्ययन जारी राखे । उनले ल्याटिन ग्रिक, जर्मन, फ्रेन्च र अंग्रेजी भाषाको ग’म्भीर अध्ययन गरे । यसै समयमा उनले मार्क्स र एंङ्गेल्सले संयुक्त रुपमा लेखेका महत्वपूर्ण कृति ‘कम्युनिस्ट घोषणापत्र’लाई जर्मन भाषाबाट रुसी भाषामा अनुवाद गरे ।

तर, लेनिनले घरमै बसेर विश्वविद्यालयको चार वर्षे अध्ययन पूरा गरे । सन् १८९१ मा उनले पिटर्सवर्ग विश्वविद्यालयको कानुन विभागमा प्राइभेट जाँच दिए । उनी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भए  र वकिल बने । त्यही क्रममा सन् १८९२ बाट लेनिनले सामराको जिल्ला अदालतमा वकालत गर्न सुरु गरे । उनी गरिब किसानहरुको पक्षमा वकालत गर्थे । सन् १८९२ मा लेनिनले सामरामा पहिलो मार्क्सवादी अध्ययन मण्डल खोले । तेइसवर्षे युवक लेनिनमा सरलता, सहृदयता र उत्साहका साथै ग’म्भीरता, गहन ज्ञान, कठोर तर्कशीलता, स्पष्ट र उत्कृष्ट विवेकशक्तिको गजवको समिश्रण पाइन्थ्यो ।

दूधले लेखेको किताव

पिटर्सवर्ग बसाइका क्रममा ठूलो स्फूर्ति र अभिलाषासहित लेनिन क्रा’न्तिकारी कार्यमा संलग्न भए । उनी क्रा’न्तिकारी मजदुरहरुका राजनीतिक पार्टी खोल्नतिर लागे । त्यही क्रममा सन् १८९५ मा लेनिनले पिटर्सवर्गका मार्क्सवादी अध्ययन मण्डलहरुलाई एउटै राजनीतिक संस्थाको रुपमा संगठित गरे । पछि गएर यस संस्थालाई म’जदुरवर्गको मुक्तिसंघर्ष संघ नाम दिइयो । सन् १८९६ मा त्यस संघले पिटर्सवर्गका कपडा कारखानाहरुका म’जदुरहरुको विख्यात ह’ड्तालको नेतृत्व गर्यो । उक्त ह’ड्तालमा ३० हजारभन्दा बढी मिल म’जदुरहरुले भाग लिएका थिए । यस संघले सम्पूर्ण रुसमा क्रा’न्तिकारी आ’न्दोलनको विकासका लागि प्रेरणा र म’जदुरवर्गको मार्क्सवादी पार्टीको गठन गर्ने वातावरण तयार गर्यो । आ’न्दोलनका कारण भ’यभित भएको जा’रशाही सरकारले डिसेम्बर १८९५ मा लेनिनसहित संघका बहुसंख्यक कार्यककर्ताहरुलाइ गि’रफ्तार गर्यो ।

लेनिनले पिटर्सवर्गको जे’लको एकान्त कोठामा चौध महिनाको कठोर जीवन बिताए । जेलमा रहँदै उनले मार्क्सवादी पार्टीको पहिलो कार्यक्रमको मस्यौदा तयार पारे र यस कार्यक्रमको व्याख्या गरे । रोचक तथ्य यो छ कि लेनिन आफ्ना क्रा’न्तिकारी लेखहरु, किताब र पत्रिकाहरुका हरफहरुको बीचमा दूधले लेख्थे । यसरी लेखिएका अक्षरहरु देखिँदैनथे, तर कागज तताएपछि यी अक्षरहरु पढ्न सकिन्थ्यो । जेलमा रहँदै लेनिनले आफ्नो प्रख्यात कृति ‘रुसमा पूँजीवादको विकास’ लेख्न सुरु गरे । लेनिन जे’लमा अनुशासनको कडा पालना, कडा परिश्रम र सुत्नुअगाडि नियमित रुपमा व्यायाम गर्थे । पिटर्सवर्गमा लेनिन म’जदुरवर्गका नेता र संगठनकर्ताको रुपमा देखापरे । उनले क्रा’न्तिकारी आ’न्दोलनको सैद्धान्तिक व्याख्या गरे र रुसमा सर्वहारा पार्टी गठन गर्न जग तयार गरे ।

साइवेरियामा लेखे चर्चित पुस्तक

लेनिनको क्रा’न्तिकारी क्रियाकलापद्वारा त्र’सित जा’रशाही सरकारले लेनिनलाई १३ फ्रेबुअरी १८९७ मा तीन वर्षको लागि पूर्वी साइबेरियामा गई बसोबास गर्नुपर्ने निर्वासनको सजायँ दियो । साइबेरियाको निर्वासनका बेला उनले गोप्य रुपमा गाउँका गरिब किसानहरुका पक्षमा वकालत गर्न थाले । एकपल्ट उनले सुनखानीको एक मजदुरलाई खानीको मालिकविरुद्धको मु’द्दा जित्न मद्दत गरे ।

लेनिनको साइबेरिया निर्वासनको एक वर्षपछि रुसको क्रा’न्तिकारी आ’न्दोलनकी नेतृ क्रुप्स्काया साइबेरियाको सुसेन्सकोये गाउँ आइपुगिन् । उनीसँग आ’न्दोलनकै क्रममा लेनिनको यसअघि नै पिटर्सवर्र्गमा भेटघाट र चिनापर्ची भइसकेको थियो । आ’न्दोलनमा सँगसँगै हिँड्ने क्रममै लेनिन र क्रुप्स्कायाबीच प्रेमसम्बन्ध भइसकको थियो । उनीहरुले साइबेरियामै विवाह पनि गरे ।

निर्वासनमै लेनिनले सन् १८९९ मा आफ्नो पुस्तक ‘रुसमा पूँजीवादको विकास’ पूरा गरे । यस कृतिमा रुसको आर्थिक विकासबारे गहन वैज्ञानिक अनुसन्धान गरिएको थियो । यो पुस्तक छिटै प्रगतिशील बुद्धिजीवी, विद्यार्थी र म’जदुर अध्ययन मण्डलहरुमा फैलियो । लेनिन निर्वासनमै रहेका बेला मार्च १८९८ मा मिन्स्क सहरमा भएको रसियाली सामाजिक जनवादी म’जदुर पार्टीको पहिलो महाधिवेशनमा पार्टी स्थापना भएको घोषणा गरियो ।

लेनिन उपनाम कसरी रह्यो ?

निर्वासनबाट फर्केपछि लेनिन सन् १९०० भरि क्रा’न्तिकारी म’जदुर पत्रिका अखिल रसियाली राजनीतिक पत्रिका प्रकाशनको तयारीमा लागे । मे १९०० मा पार्टी निर्माणको लागि पिटर्सवर्गको गोप्य भ्रमण गर्दा लेनिन गि’रफ्तार भए, तर खानतलासीको क्रममा केही नभेटेपछि उनले छुटकारा पाए । जा’रशाही सरकार लेनिनलाई आफ्नो ठूलो श’त्रु ठान्थ्यो । त्यसैले देशभित्र बस्ने अवस्था नभएपछि लेनिन १६ जुलाई १९०० मा जर्मनीतर्फ लागे । यही अवधिमा लेनिनले अखिल रसियाली क्रा’न्तिकारी पत्रिकाको रुपमा ‘इस्क्रा’ (फिलिङ्गो) को प्रकाशन प्रारम्भ गरे । लेनिन अखबारको मुटु थिए । यस पत्रिकामार्फत् उनले कसरी पार्टी गठन गर्नुपर्छ कसरी आम जनसमूहहरुलाई पार्टी कामतर्फ आकर्षित गर्ने हो भन्ने बारे लेखहरु प्रकाशित गरे । सन् १९०१ देखि भ्लादिमिर इल्यिचले आफ्ना केही लेखहरु लेनिन नामबाट छपाउन थाले । ‘इस्क्रा’ पत्रिकामा काम गर्दागर्दै लेनिनले साइबेरियाली नदी लेनाबाट आफ्नो उपनाम राखेका थिए ।

सन् १९०२ मा लेनिनको कृति ‘के गर्ने’ प्रकाशित भयो । उक्त पुस्तकमा लेनिनले सर्वहारा माक्र्सवादी पार्टीको निर्माणसम्बन्धी विस्तृत योजना प्रस्तुत गरेका थिए ।

त्यस्ता किसानहरुलाई पार्टी कार्यक्रम बुझाउने उद्देश्यले लेनिनले सन् १९०३ मा ‘गाउँका गरिबहरुलाई’ शीर्षकको लेख लेखे । उक्त लेखमा सरल र स्पष्ट भाषामा म’जदुर पार्टीको उद्देश्य के हो र किन गरिब किसानहरु र म’जदुरहरुबीच एकता कायम हुन आवश्यक छ भन्ने कुरा देखाइएको थियो ।

फेब्रुअरी क्रा’न्तिको तयारी: एक कदम अगाडि दुई कदम पछाडि

अप्रिल १९०२ मा लेनिन बेलायत सरे । यस बसाइको क्रममा लेनिन त्यहाँको म’जदुर आ’न्दोलनसँग परिचित भए । उनले बेलायती सर्वहारावर्गको जीवनपद्धतिको गहन अध्ययन गरे र म’जदुर सभाहरुमा सहभागी भए । सन् १९०३ मा लेनिन लन्डनबाट जेनेभा प्रस्थान गरे । जुलाइ १९०३ मा रसियाली सामाजिक जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन भयो । प्रारम्भमा महाधिवेशन ब्रसेल्समा सुरु भएको थियो । पछि बेल्जियमको पुलिसले शंका गर्न थालेपछि महाधिवेशन लन्डनमा सारियो । महाधिवेशनमा सर्वहारा ‘इस्क्रा’वादी क्रा’न्तिकारीहरु बाहेक त्यससँग फरक मत राख्नेहरु पनि थिए । लेनिनका अनुसार उनीहरु अवसरवादी तथा मध्यमार्गीहरु थिए ।

महाधिवेशनमा बहुमतले ‘इस्क्रा’ को सम्पादकमण्डलले तयार गरेको क्रा’न्तिकारी कार्यक्रम पारित गर्यो । त्यसबेला विश्वमा यही मात्र एक पार्टी थियो, जसले राज्यसत्तामा सर्वहारा अधिनायकवाद स्थापना गर्ने लक्ष्य लियो । लेनिन लडा’कु पार्टी गठन गर्न चाहन्थे, जसका हरेक सदस्यले क्रा’न्तिकारी संघर्षमा सक्रिय भाग लेओस् र पार्टी अनुशासनको पालना गरोस् । पार्टी सदस्य बन्न पार्टी लेवी (नियमित निश्चित आर्थिक सहयोग) तिर्ने र पार्टी संगठनमा रहेर काम गर्नुपर्ने लेनिनको विचार थियो । तर, महाधिवेशनमा उनको विचार पारित हुन सकेन । पारित प्रस्तावमा पार्टी सदस्य बन्न पार्टी कार्यक्रमलाई मान्यता र पार्टीलाई आर्थिक सहायत गर्नु नै पर्याप्त भएको कुरा राखियो । पार्टी संगठनमा बाँधिनु र पार्टी अनुशासन पालना गर्नु अनिवार्य भएन । लेनिनको पार्टी संगठनसम्बन्धी विचारमा अर्का नेता माल्टोभले फरक मत राखेका थिए भने त्यसलाई अर्का नेता ट्राटस्कीले साथ दिएका थिए । केन्द्रीय समिति र पार्टी मुखपत्रको सम्पादकमण्डलमा लेनिनको विचारका समर्थकहरुले बहुमत पाए । ‘इस्क्रा’ले पार्टीको मुखपत्रको रुपमा मान्यता पायो । त्यसै बेलादेखि लेनिनको बिचारका समर्थकहरु बोल्सेभिक (बहुमतवादी) र अरुहरु मेन्सेभिक (अल्पमतवादी ) भनिन थालिए । र, त्यसपछिका दिनहरुमा क्रा’न्ति र पार्टी संगठनका सिद्धान्तहरुको मुद्दामा बोल्सेभिक र मेन्सेभिकहरुबीच लगातार वि’वाद तथा द्व’न्द्वहरु चले । त्यसै सन्दर्भमा बोल्सेभिक विचारलाई सही भएको र मेन्सेभिकहरुको विचारबाट पार्टी र क्रा’न्तिलाई ठीक दिशामा नलाने तर्क प्रस्तुत गर्दै लेनिनले ‘एक कदम अगाडि, दुई कदम पछाडि’ शीर्षकको पुस्तक लेखे । त्यो पुस्तक सन् १९०४ मा प्रकाशित भयो । त्यसमा उनले सर्वहारावर्गको नेतृत्वको पार्टीबिना न समाजवादी क्रा’न्तिले विजय प्राप्त गर्न सक्छ न त साम्यवादी समाजको निर्माण गर्न सकिन्छ भन्ने मार्क्सवादी शिक्षालाई विकसित तुल्याए । रुसका बहुसंख्यक पार्टी समितिहरुले बोल्सेभिकहरुलाई साथ दिए । बहुसंख्यक पेशागत क्रान्तिकारीहरु र पार्टीका मजदुर सदस्यहरुले लेनिनको विचारलाई समर्थन गरे ।

लेनिनको आग्रहमा लेखे गोर्कीले पुस्तक

९ जनवरी, १९०५ को दिन पिटर्सवर्गमा पत्नी र बालबच्चासहित आफूले खेप्नु परेको समस्या सुनाउन शान्तिपूर्वक गइरहेका मजदुरहरुमाथि जारको आदेशअनुसार गो’ली चलाइयो । र, महिला तथा केटाकेटीलगायत थुप्रै प्रदर्शनकारीहरुको निर्मम ह’त्या भयो । जा’रशाही शासनको यस क्रू’र द’मनले सिङ्गो रुसलाई ब्युँझायो र जा’रशाहीविरु’द्ध म’जदुर आ’न्दोलन थुप्रै सहरहरुमा फैलियो । वार्सा, लोदज, बाकु, ओडेसाजस्ता औद्योगिक केन्द्रहरुमा ठूल्ठूला ह’डतालहरु भए । यस आ’न्दोलनले रुसी ग्रामीण क्षेत्रलाई पनि प्रभाव पार्यो र किसान आ’न्दोलन उठ्यो । जा’रशाही शासनको सामरिक जग बनेको सेना पनि ढलमल गर्न थाल्यो । जुन सन् १९०५ मा कृष्णसागर फ्लिटको सामरिक जहाज पाच्योम्किनमा वि’द्रोह भयो ।

लेनिनले स’शस्त्र वि’द्रोहको आवश्यकतामाथि जोड दिन थाले । कलकारखानाहरु, पोस्ट अफिस र टेलिग्राफ अफिस र टेलिग्राफ अड्डाहरु बन्द भए । आ’न्दोलनको रापले तर्सिएको जा’रशाही सरकारले १७ अक्टोबरको दिन घोषणापत्र जारी गर्दै जनतालाई व्यक्तिगत स्वतन्त्रता, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, भेला हुने स्वतन्त्रता तथा अन्य नागरिक अधिकारहरु प्रदान गरिने आश्वासन दियो । तर, लेनिनले जारको आश्वासनमाथि विश्वास नगर्न चेतावनी दिँदै क्रा’न्ति अगाडि बढाउन जनततासँग अपिल गरे । र, तत्कालीन अवस्थामा सशस्त्र वि’द्रोहको लागि तयारी गर्नु नै सर्वहारावर्गको एक मात्र कर्तव्य भएको विचार राखे ।

अप्रिल १९०५ मा लन्डनमा रसियाली सामाजिक जनवादी म’जदुर पार्टीको तेस्रो महाधिवेशन भयो । लेनिन महाधिवेशनको अध्यक्षमा निर्वाचित भए । सशस्त्र वि’द्रोहको तयारी नै पार्टीको आधारभूत र अत्यावश्यक कार्यभार हो भन्ने कुरा ठम्याउँदै महाधिवेशनले समस्त पार्टी संगठनहरुलाई सर्वहारावर्गलाई ह’तियारबन्द गराउन ठोस कदमहरु चाल्ने, सशस्त्र वि’द्रोहको योजना तयार गर्ने र यसको नेतृत्व गर्ने अभिभारा सुम्प्यो ।

अप्रिल १९०६ मा लेनिन रसियाली सामाजिक जनवादी म’जदुर पार्टीको चौथो (एकता) महाधिवेशनमा भाग लिन स्टकहोम प्रस्थान गरे । लेनिनले कृषि स’मस्या, वर्तमान अवस्था र सर्वहारावर्गको वर्गीय कर्तव्य राजकीय दुमा (जा’रशाही शासनको संसद्) प्रतिको दृष्टिकोण, सशस्त्र वि’द्रोह र संगठनात्मक प्रश्नहरुबारे गहकिला विचारहरु राखे । महाधिवेशनमा बोल्सेभिक र मेन्सेभिकहरुबीच चर्को बहस भयो । कृषिको प्रश्नमा ग’म्भीर वि’वाद भयो । बोल्सेभिकहरुले बिर्ताजग्गाहरु बिनामुआब्जा ज’फत गर्ने र सम्पूर्ण जमिन राष्ट्रियकरण गर्ने अर्थात् जमिनमाथि व्यक्तिगत स्वामित्व बदर गरेर सरकारी स्वामित्व कायम गर्ने माग राखे । तर, मेन्सेभिकहरु जमिन राष्ट्रियकरण गर्ने प्रस्तावको वि’रोधमा उत्रे ।

अप्रिल १९०७ मा लन्डनमा भएको रसियाली सामाजिक जनवादी म’जदुर पार्टीको पाँचौं महाधिवेशनमा लेनिन सहभागी भए । यस महाधिवेशनले बोल्सेभिकहरुले अपनाएको नीतिको औचित्य स्वीकार गर्यो । सन् १९०५ मा सुरु भएर करिब साढे दुई वर्षसम्म लम्बिएको पहिलो रुसी क्रा’न्ति विफल भयो । तर, यस क्रा’न्तिको रुसको जा’रशाही नि’रंकुश शासनमा ठूलो प्वाल पार्यो ।

जनवरी १९०८ मा लेनिन स्विट्जरल्यान्डको जेनेभा सहरमा आए । त्यहाँ उनी नयाँ जोश र शक्ति सँगालेर पार्टीको काममा लागे । जेनेभा आएको वर्ष लेनिन त्यहाँबाट लन्डन गए र त्यहाँको ब्रिटिस म्यूजियमको पुस्तकालयमा बसेर एक महिनासम्म निरन्तर अध्ययन गरे ।

अप्रिल १९०८ मा सर्वहारावर्गका महान् लेखक एवं प्रसिद्ध साहित्यकार म्याक्सिम गोर्कीको अनुरोधमा उनीसँग भेट्न लेनिन इटालीको काप्री द्वीप आइपुगे । लेनिन र गोर्कीबीच रुसको तत्कालीन अवस्थाबारे धेरै छलफल भयो । लेनिनले बडो ध्यानपूर्वक गोर्कीको बाल्यावस्था र जवानीबारे, उनको घुमन्ते जीवनबारेका वर्णनहरु सुने र यी सब कुरामा लेख्न अनुरोध गरे । गोर्कीले आफ्ना कृतिहरु मेरो बाल्यावस्था, मानिसहरुको बीचमा र मेरो विशवविद्यालयमा यी कुराहरु उल्लेख गरेका छन् । लेनिनसँग भएको वार्तलापले गोर्कीमाथि ठूलो प्रभाव पर्यो ।

उनी भाषण पनि लेखिदिन्थे

सन् १९१० मा रुसमा फेरि म’जदुर आ’न्दोलन चर्किन थाल्यो । पिटर्सवर्ग, मास्को र अन्य सहरहरुमा हडताल, प्रदर्शन, सभा र अन्य राजनीतिक सक्रियताहरु बढ्न थाले । किसान, स्थलसेना र जलसेना पनि संघर्षप्रति आकर्षित हुन थाले । लेनिनको नेतृत्वको बोल्सेभिक पार्टी यस व्यापक क्रा’न्तिकारी आ’न्दोलनको नेतृत्व गर्दै थियो । सन् १९११ मा लेनिनले पार्टी संगठनहरुका भूमिगत मजदुर कार्यकर्ताहरुलाई पढाउनको लागि पेरिस नजिकको लोन्झुयुमो बस्तीमा पार्टी स्कुल खोले । सन् १९१२ मा प्रागमा अखिल रसियाली पार्टी सम्मेलन भयो । सम्मेलनमा लेनिनले पेश गरेको ‘वर्तमान अवस्था एवं पार्टी कार्य’ शीर्षकको राजनीतिक प्रतिवेदन पारित भयो ।

सन् १९१२ मा पिटर्सवर्ग सहरका मजदुरहरुको तत्परतामा र लेनिनको सहयोगमा वैधानिक दैनिक पत्रिका बोल्सेभिक ‘प्राभ्दा’ निस्कन थाल्यो । लेनिनले पोल्यान्डको म’जदुर आन्दोलन र त्यहाँ रहेका सामाजिक जनवादीहरुसँग अझ आत्मीय सम्बन्ध स्थापित गर्दै उनीहरुलाई सहयोग गरे । ‘प्राभ्दा’ मा लेनिन आर्थिक पछौटेपनबारे लेख्थे । जनतालाई ग’रिबी, गु’लामी र अन्धकारमा जाक्ने शो’षक वर्गहरुको भण्डाफोर गर्थे । सन् १९१२ मै चौथो राजकीय दूमाको लागि चुनाव भयो । ‘चुनावमा भाग लिनाले जनसमूहसँग पार्टीको सम्बन्ध दरिलो बन्नेछ, पार्टी संगठनहरुको कार्यमा सक्रियता ल्याउनेछ’ भन्ने कुरामा लेनिन विश्वस्त थिए । बोल्सेभिकहरुले चुनावमा तीन मुख्य माग अघि सारेका थिए : लोकतान्त्रिक गणतन्त्रको स्थापना, आठघण्टे कार्यदिनको निर्धारण र समस्त बिर्ताहरु जफत गर्ने । चुनावी परिणामले लेनिनलाई उत्साहित पार्यो । देशका ६ वटा मुख्यमुख्य औद्योगिक प्रान्तहरु जहाँ रुसी सर्वहारावर्गको ४—५ हिस्सा केन्द्रित थिए, त्यहाँबाट म’जदुरहरुको तर्फबाट राजकीय दूमामा बोल्सेभिकहरु चुनिए । लेनिन बोल्सेभिक डेपुटीहरु(प्रतिनिधिहरु) लाई निर्देशन दिन्थे । महत्वपूर्ण राजनीतिक विषयहरुमा उनीहरुको भाषण मस्यौदा तयार गर्थे । डेपुटीहरुलाई क्रा’न्तिकारी प्रचारको लागि कसरी दूमाको मञ्च प्रयोग गर्नुपर्छ भन्ने कुरा सिकाउँथे ।

विश्वचर्चित क्रा’न्तिको अगुवाइ

सन् १९१४ मा साम्राज्यवादी प्रथम विश्वयु’द्ध सुरु भयो । यस यु’द्धमा एकातर्फ जर्मनीको नेतृत्वमा अस्ट्रिया, हंगेरी, टर्की र बुल्गेरिया थिए भने अर्कोतिर बेलायतको नेतृत्वमा फ्रान्स र रुस थिए । पछि यस युद्धमा अमेरिका, जापान र इटालीलगायत अन्य देशहरु सहभागी भए । यसले पछि प्रथम विश्वयु’द्धको रुप लियो । यो यु’द्ध श्रमिकवर्गको हितमा नभएको तर्क राखी लेनिनले त्यसको चर्को वि’रोध गरे । बोल्सेभिक पार्टीले यु’द्धविरु’द्ध निणार्यक सं’घर्ष सुरु गर्यो । राजकीय दूमाका बोल्सेभिक प्रतिनिधिहरुले म’जदुरहरुको बीचमा क्रा’न्तिकारी प्रचार गरे । जा’रशाही सरकारले बोल्सेभिकहरुमाथि भयंकर द’मन नीति अपनायो । आफ्नो क्रा’न्तिकारी क्रियकलापका लागि राजकीय दूमाका बोल्सेभिक प्रतिनिधिहरु साइबेरिया निर्वासित भए । द’मनको पर्वाह नगरी लेनिनले यु’द्धविरु’द्ध सं’घर्ष जारी राखे । उनले सर्वहारा र श्रमिक जनतालाई नयाँ क्रा’न्तिको लागि तयार गर्दै थिए । लेनिनले बामपन्थीहरुलाई एकजुट पार्र्न र अव’सरवादीहरुविरु’द्ध सं’घर्ष गर्नको लागि जिमरवाल्ड (सेप्टेम्बर, १९१५) र किनटल (अप्रिल, १९१६) मा भएका समाजवादी अन्तर्राष्ट्रिय सम्मेलनहरुमा भाग लिए ।

यसैबीच सन् १९१६ मा लेनिनकी ममतामयी आमा मारिया अलेक्सान्द्रभ्ना उल्यानोभको नि’धन भयो ।

सन् १९१७ को फेबु्रअरी महिनामा बोल्सेभिक पार्टीको आह्वानमा पेट्रोगाड सहरमा दुई लाखभन्दा बढी पुरुष तथा नारी म’जदुरहरुले आ’महड्ता’ल गरे । यस ह’ड्तालले ठूलो आ’न्दोलनको रुप लियो । बोल्सेभिक पार्टी केन्द्रीय समितिले घोषणापत्र निकाल्यो । यस घोषणापत्रमा जा’रशाहीको नि’रंकुश शासन उल्ट्याउने, अस्थायी क्रा’न्तिकारी सरकार गठन गर्ने, जनवादी गणतन्त्र खडा गर्ने, आठघण्टे कार्यदिन तोक्ने, बिर्ता जमिन्दारीहरु ज’फत गर्ने र यु’द्ध समाप्त गर्नेजस्ता मागहरु समावेश गरिएका थिए । जा’रशाही सरकारले सेनाको मद्दतबाट बढ्दो क्रा’न्तिकारी आँधी रोक्ने असफल प्रयास गर्यो । तर, यो कुरा उसको सामर्थ्यभन्दा बाहिरको भैसकेको थियो । सिपाहीहरुले समेत वि’द्रोही म’जदुरहरुसँग मिलेर जा’रशाही शा’सनविरुद्ध आ’न्दोलनमा भाग लिन थाले । लेनिनको भविष्यवाणी साकार भयो । वास्तविक क्रा’न्तिकारी मार्क्सवादी पार्टीद्वारा निर्देशित मजदुर तथा किसानवर्गले विजय हासिल गरे । युगौंदेखि रुसी जनताको शो’षण गर्दैआएको नि’रंकुश जा’रशाही शासनको अन्त्य भयो । मास्को तथा अन्य सहरहरुमा म’जदुर तथा सिपाहीहरुले यस आ’न्दोलनको समर्थन गरे । आ’न्दोलनबाट जारका हाकिमहरु लखेटिए र जा’रशाही राजतन्त्रीय शासनव्यवस्था ढल्यो । र, आ’न्दोलनकारीहरुको अस्थायी सरकार गठन भयो । त्यस सरकारको नेतृत्व आ’न्दोलनकै एक नेता केरेन्स्कीले गरे । उनी बुर्जुवा (पूँजीवादी) विचारधाराका थिए । पछि यो क्रा’न्ति फेब्रुअरी क्रा’न्तिको रुपमा प्रख्यात भयो । तर, यस क्रा’न्तिले म’जदुर तथा किसानवर्गको हित गर्ने राज्यसत्ता भने स्थापना गरेन । क्रा’न्तिपछि छोटो समयमै राज्यसत्तामा बुर्जवावर्गको वर्चस्व स्थापित भयो ।

फेब्रुअरी क्रा’न्ति सुरु हुनासाथ बोल्सेभिक पार्टी भूमिगत अवस्थाबाट बाहिर निस्कियो र आफ्नो शक्ति सञ्चय गर्न थाल्यो । लेनिनले अस्थायी सरकारलाई विश्वास नगर्न र उनीहरुको सत्ता मजवुत पार्न कदापि दिनुहुन्न भन्ने विचार व्यक्त गरे । र, उनले नयाँ राज्यसत्ता सोभियत (म’जदुर तथा किसानप्रतिनिधि)हरुको हातमा सार्नको लागि समस्त शक्ति लगाउनुपर्छ भन्ने कुरामा जोड दिए । लेनिनले आमजनतालाई प्रतिक्रियावादी सत्ताको विकल्पमा समाजवादी क्रा’न्तिको लागि तयारी गर्ने सल्लाह दिए । अस्थायी सरकारविरोधी क्रा’न्तिको समर्थनमा एकपछि अर्को गर्दै सभाहरु हुन थाले । जू’लुसहरु निस्कन थाले । त्यसबेला लेनिन स्विट्जरल्यान्डमा थिए । आ’न्दोलनको नेतृत्व गर्न उनले स्वदेश फकर्ने तयारी गरे ।

१९१७, अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालझण्डा बोकेका हजारौं श्रमिकहरु फिनल्याण्ड स्टेसनमा भेला भए । क्रा’न्तिकारी फौज र नौसेनाले ‘गार्ड अफ अनर’को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक, सैनिक तथा नौसैनिकहरुलाई नयाँ सर्वहारा क्रा’न्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।

अक्टोबर क्रा’न्ति

१९१७ अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालफन्डा बोकेका हजारौं श्रमिकहरु फिनल्यान्ड स्टेसनमा भेला भए । क्रा’न्तिकारी फौज र नौसेनाले गार्ड अफ अनर को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक तथा नौसैनिकहरुलाई नयाँ सर्वहारा क्रा’न्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।

लेनिनले रुसको अस्थायी सरकारले पूँजीपति तथा बिर्तावालहरुको स्वार्थरक्षार्थ काम गरिरहेको कुरा प्रस्ट पार्दै उसलाई असहयोग गर्न आमजनतालाई आह्वान गरे । साथै उनले ‘सम्पूर्ण सत्ता सोभियतहरुलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरुलाई जमिन, भोकाहरुलाई रोटी दिन सक्छ भने । उनले बिर्ताहरु बिनामुआब्जा ज’फत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि म’जदुर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे ।

यसैबीच लेनिनले महाधिवेशन डाकेर पार्टीको नाम बदलेर बोल्सेभिकबाट कम्युनिस्ट पार्टी बनाए । केरेन्स्कीको अस्थायी सरकारले लेनिन र बोल्सेभिकहरुविरु’द्ध घृ’णा तथा दु’ष्टतापूर्ण आरोपहरु लगाउन थाल्यो । उनीहरुले लेनिनलाई गि’रफ्तार गर्न पुर्जी काटे । लेनिनले करिब साढे तीन महिना भूमिगत भएर काम गरे ।

सन् १९१७ मा लेनिनले भूमिगत अवस्थामा लेखेको कृति ‘राज्य र क्रा’न्ति’ प्रकाशित भयो । त्यस पुस्तकबाट लेनिनले राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ र यसको ऐतिहासिक भूमिका के हो भन्ने कुरा खुलस्त पारे । यस पुस्तकमा उनले समाजवाद र साम्यवादलाई साम्यवादी समाजको दुई खुड्किलाको रुपमा व्याख्या गरे । उनले क्रा’न्तिमा कम्युनिष्ट पार्टीको भूमिकाबारे पनि महत्वपूर्ण विचार प्रकट गरेका थिए । जनता बिस्तारै बोल्सेभिकहरुतर्फ ढल्कन थाले । सोभियतहरुको पुनःनिर्वाचनमा बोल्सेभिकहरुले बहुमत पाए । उनीहरुले पेट्रोग्राड र मास्कोका सोभियतहरुमाथि आफ्नो वियन्त्रण कायम गरे । सोभियतहरुको प्रतिष्ठा बढ्यो र उनीहरु फेरि प्रमुख शक्तिको रुपमा देखा परे । लेनिनले वि’द्रोहको लागि विस्तृत योजना तयार गरे । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले वि’द्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप सुरु गर्यो ।

२४ अक्टोवरको दिन बेलुकीपख आफ्नो जीवनलाई ख’तरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र वि’द्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्राडका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्यमुख्य अड्डामाथि वि’द्रोही म’जदुर, सिपाही र नौसैनिकहरुले कब्जा गरे । त्यस्तै क्रा’न्तिकारी सेनाले आकस्मिक प्रहारद्वारा अस्थायी सरकारका मन्त्रीहरु बसेको शिशिरप्रासाद क’ब्जा गरे । त्यसपछि कम्युनिष्ट पार्टीले फेब्रुअरी क्रा’न्तिपछि गठित अस्थायी सरकारलाई अ’पदस्थ गरेको घोषणा गर्यो । र, लगतै लेनिनको नेतृत्वमा रुसमा सर्वहारावर्गको पहिलो सरकार गठन भयो, जसले समाजवादी शासन प्रणालीको स्थापना र विकासको लागि सर्वहारावर्गको अधिनायकत्व भएको समाजवादी राज्यसत्ताको सुरुवात गर्यो । यो क्रा’न्ति नै अक्टोबर क्रा’न्तिको रुपमा विश्वप्रसिद्ध छ ।

लेनिनको ह’त्या प्रयास

सन् १९१९ मा अमेरिकी बेलायती र फ्रान्सेली सेनाहरुले मुर्मन्सर्क क’ब्जा गरे । यस प्रकारले साम्राज्यवादीहरुले सोभियत राष्ट्रविरुद्ध यु’द्ध सुरु गरे । अपदस्थ बिर्तावाल तथा पूँजीपतिवर्गले विदेशी आ’क्रमणकारीहरुको सहायताद्वारा गृ’हयु’द्ध सुरु गरे । कम्युनिष्ट पार्टी र सोभियत जनताले छाती फर्काएर मातृभूमिको रक्षा गरे ।

साम्राज्यवादीहरुको निर्देशन र उनीहरुकै पैसामा बाँचेका रुसका क्रान्तिविरोधी शक्तिहरुले सोभियत सरकारविरुद्ध ष’ड्यन्त्र रच्न थाले । लेनिन र उनका सहयोगीहरुको ह’त्या गर्ने योजना बनाउन थाले । सन् १९१८ अगस्ट ३० मा एसेर पार्टीकी सदस्य काप्लानले लेनिनमाथि गो’ली चलाइन् र लेनिन सख्त घा’इते भए । रातदिन डाक्टरको उपचार र उहाँको आफ्नै धैर्यताको कारणले गर्दा लेनिनको स्वास्थ्य बिस्तारै सुध्रिँदै गयो । सम्पूर्ण सोभियत जनताले गरेको शिघ्र स्वास्थ्य लाभको कामनाले पनि लेनिनलाई आफ्नो स्वास्थ्य सुधार गर्न थप बल प्रदान गर्यो । सन् १९१९ को अन्त्यतिर लालसेनाले झन्डै सबैजसो मोर्चाहरुमा विजय हासिल गरिसकेको थियो । र, यसबाट राष्ट्रले सास फेर्ने मौका पायो । लेनिनको नेतृत्वमा बोल्सेभिक कम्युनिष्ट पार्टीले तुरुन्तै देशको अधिकाँश शक्ति आर्थिक निर्माणतर्फ लगायो । यातायात, इन्धन, उद्योग तथा अन्य महत्वपूर्ण आर्थिक क्षेत्रहरुको पुनरुत्थान सुरु भयो । समाजवाद तथा साम्यवाद निर्माणको लागि बृहत् उद्योगको विकास गर्नुपर्छ, देशकलाई बिजुलीकरण गर्नुपर्छ भन्ने कुरामा लेनिनले जोड दिए । मास्को नजिकैको सानो गाउँ कासिनोमा आफ्नो उपस्थितिमा बिजुलीबत्तीको उद्घाटन हुँदा लेनिन असाध्यै रमाए ।

लेनिनले अर्थव्यवस्थाको पुनरुत्थान कार्य कृषिबाट सुरु गर्नुपर्छ भन्ने कुरामा जोड दिए । कम्युनिष्ट पार्टी र सोभियत सरकारद्वारा प्रस्तुत नयाँ आर्थिक नीति पूँजीवादबाट समाजवादतर्फको सं’क्रमणका’लको लागि एक मात्र सही नीति थियो । लेनिनले राष्ट्रमा विज्ञान र प्रविधिको क्षेत्रमा भैरहेको विकासप्रति ग’म्भीर रुपमा चासो दिन्थे । नयाँ आविष्कारप्रति उनी जिज्ञासा राख्थे र आविष्कारकहरुलाई प्रोत्साहित गर्थे । उनी जनतालाई सरकारको सेवा सर्वसुलभ रुपमा दिन र आर्थिक अनुशासनको कठोरतापूर्वक पालना गर्न ध्यान दिन्थे ।

अलविदा लेनिन

कडा परिश्रमको कारणले सन् १९१८ मा गोली लागेर भएको घा’उ बल्झिँदा लेनिनको स्वास्थ्य निकै बि’ग्रिन गयो । सन् १९२१ को जाडोदेखि डाक्टरहरुको अनुरोधमा उनी अक्सर आराम र उपचारको लागि आफ्नो काम रोक्न बाध्य भए । सन् १९२४ मा उनको स्वास्थ्य झन् बि’ग्रियो । तर, अ’स्वस्थ भए पनि लेनिनले हरेक दिन सरकारी कामकाजको रेखदेख गर्न छाडेनन् । सोही वर्ष नोभेम्बरमा ग्लुखोभको कारखानाका म’जदुरहरुको एक प्रतिनिधिमण्डलले गोर्की सहरमा लेनिनलाई भेट गर्यो । उनीहरुले १८ वटा चेरीका रुखहरु लेनिनलाई उपहारस्वरुप दिनको लागि लिएर आएका थिए ।

आत्मीय रुपमा भएको यस भेटघाटमा लेनिनलाई म’जदुरहरुले महान् सोभियत संघको निर्माणमा उहाँले तयार पारेको विकासको रुपरेखा पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधि मण्डल फर्केपछि लेनिनले आधा रातसम्म ग्लुखोभ कारखानाका म’जदुरहरुले पठाएको शुभकामना पत्र बारम्बार पढेर बसे । म’जदुरहरुसँग यो उनको अन्तिम भेट थियो । सन् १९२४ जनवरी २१ मा बेलुकी छ बजेर ५० मिनेट जाँदा विश्व सर्वहारा आ’न्दोलनका महान् नेता र मार्क्सवादका सिर्जनात्मक प्रयोगकर्ता लेनिनको नि’धन भयो ।

सन् १९२४ जनवरी २१ को दिन राती सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको आकस्मिक प्लेनम बस्यो । केन्द्रीय समतिले जनताको नाममा एक अपिल जारी गर्यो । उक्त अपिलमा भनिएको थियो, ‘त्यस व्यक्तिको नि’धन भएको छ, जसको वीरतापूर्ण नेतृत्वमा हाम्रो पार्टीले यु’द्धको राँकोबीच दृढतापूर्वक सम्पूर्ण देशभरि अक्टोवर क्रा’न्तिको रातो झण्डा फहराएको छ, श’त्रुहरुको वि’रोधको बाढी रोकेको छ र भूतपूर्व जा’रशाही रुसमा श्रमिकहरुको प्रभुत्व कायम गरेको छ । कम्युनिस्ट इन्टरनेसनलका संस्थापक, विश्व साम्यवादका नेता, अन्तर्राष्ट्रिय सर्वहारावर्गको प्रेम र गौरव, पददलित पूर्वेली जनताका झण्डावाहक, रुसी सर्वहारा अधिनायकवादका अगुवा आज हाम्रो बीचमा छैनन् ।’

 

२३ जनवरीको दिन महान् नेताको दे’ह गोर्की सहरबाट मास्को ल्याइयो र संघीय भवनको स्तम्भ हलमा राखियो । अति जाडो भए तापनि चारदिनसम्म लाखौं मजदुर तथा किसानहरु, लालसेनाका जवानहरु र कर्मचारीहरु, बुढाबुढी तथा बच्चाबच्चीहरु र सोभियत भूमिको कुनाकुनाबाट आएका प्रतिनिधिमण्डलले आफ्ना प्यारा नेतालाई अन्तिमपटक भावपूर्ण श्र’द्धाञ्जली अर्पण गरे । २७ जनवरीको दिन दिउँसो ४ बजे लेनिनको अन्त्येष्टी जु’लुस निस्क्यो । लेनिनको श’व लालमैदानमा विशेष रुपमा बनाइएको समाधिमा राखियो । शोकमा डुबेका सोभियत जनताले आफ्ना नेतासँग विदा लिए । अ’न्त्येष्टीमा पाँच मिनेटसम्म मौनधारणा गर्ने घोषणा गरियो । मोटर र रेलहरु रोकिए, कलकारखानाहरुमा काम रोकियो । विश्वभरिका श्र’मिक जनताले आफ्ना महान् नेता शिक्षक एवं मित्र लेनिनसँग अन्तिम बिदा लिए ।

–स्रोतड्ड मूल्याङ्कन अनलाइन

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्