Logo

प्रधानमन्त्री वरिपरिकाहरूले चलखेल गर्दा गृहमन्त्री पाईन – महेश बस्नेत


काठमाडौं । महेश बस्नेतले गृहमन्त्रीमा आफ्नो नाम फाइनल भए पनि प्रधानमन्त्री वरिपरिका साथीहरूले चलखेल गरेको खुलासा गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा गृहमन्त्री बन्ने दौडमा रहेका बस्नेतले आफू गृहमन्त्री नबन्नुका कारण खुलासा गरेका छन्।

अनलाइनखबरसँग कुरा गर्दै बस्नेतले यस्तो बताएका हुन्। मन्त्रिपरिषद् विस्तारको अघिल्लो साँझ उनको नाम फाइनल भइसकेको र बधाई समेत आउन थालिसकेको उनले बताए ।

प्रधानमन्त्रीका सल्लाहकारको समूहले गर्दा आफू गृहमन्त्री बन्न असफल भएको खुलासा गरेका छन  ।सल्लाहकारहरूबारे प्रधानमन्त्रीले सोच्नुपर्ने उनी बताउँछन् ।

प्रधानमन्त्रीका सल्लाहकारको समूहबारे विचार गर्नुपर्ने र उनीहरूले ओलीलाई बचाउने भन्दा पनि विवादित गराउने भूमिका खेलिरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र राजनीति सल्लाहकार बिष्णु रिमालले गर्दा आफू गृहमन्त्री बन्न असफल भएको आरोप लगाएका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्