Logo

तीन पूर्वप्रधानमन्त्रीको सरकारलाई आग्रह अदालतको निष्पक्षतामा प्रभावित पार्ने काम नगर्नुहोला


कोटेश्वरमा बसेको तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको बैठकले सरकारलाई अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण गराएका छन् ।

सोमबार साँझ विपक्षी गठबन्धनका नेतासमेत रहेका तीन पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल निवास कोटेश्वरमा छलफलमा बसेका थिए ।

समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा–छलफलले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्ने कुरामा पुनःस्पष्टता गरेको स्रोतले बताएको छ ।

आजको बैठकले कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

र, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरुद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग गरेको बताइएको छ ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल गरेको र अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएको एक नेताले बताए ।

राज्यका कतिपय अङ्ग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आंशका उत्पन्न भएकाले निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण गराइएको ती नेताको भनाइ छ ।

आइतबार मात्रै निर्वाचन आयोगले जनता समाजवादी पार्टीको दुवै समूहको निर्णयलाई आधिकारिकता दिन अस्वीकार गरेको थियो ।

दलसम्बन्धी विवाद निरूपण गर्न खोजेको भए राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ अनुसार आउन भनेको थियो ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्