Logo

नेपाललाई भेट्न देउवासँगै ‘प्रचण्ड’ पनि कोटेश्वर पुगे


नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनको निवास कोटेश्वर पुगेका छन्।

सभापति देउवा, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता जारी रहेको नेता नेपालको सचिवालयले जनाएको छ ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्रोतले बताएको छ।

कर्णालीका चार प्रदेश सांसदलाई महाधिवेशन आयोजक कमिटीका तर्फबाट गरेको कारवाहीलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि एमाले अध्यक्ष केपी ओलीले नेता माधव नेपालसहितको पार्टी बैठक बोलाउने तयारी गरिरहेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्