Logo

प्रदेश नं १ को नाम कोशि-सगरमाथा राखिए, ५ हजार बर्षसम्म गृहयु’द्ध थोपरिनेछ – अध्यक्ष “मिराक”


 

मुन्धुमस्टार डटकम – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन “मिराक”ले एक नं प्रदेशको नाम कोशि-सगरमाथा राखिए, गृहयु’द्ध थोपरीने चे’तावनि दिएका छ्न। अध्यक्ष कुमार लिङ्देन “मिराक”ले आज सामाजिक सञाल फेसबुकमा स्टाटस लेख्दै यस्तो चे’तावनि दिएका हुन।

अध्यक्ष कुमार लिङ्देन “मिराक”ले फेसबुकमा लेखेका छ्न,  ‘प्रदेस नं १ का मुख्यमन्त्री शेरधन राई ज्यु, केन्द्रिय राजनीति बिग्रेर देश नै तहस नहस भैरहेको बर्तमान अवस्थामा, प्रदेस नं १ को नाम सगरमाथा राख्न लगाएर,तपाइलाई उकासेर तपाईलाई सम्पुर्ण रुपमा सिध्याउन र प्रदेस नं १ मा आउने ५ हजार बर्षमा पनि साम्य नहुने गृहयु’द्ध थोपर्न एकथरी मान्छेहरु लागिरहेका छन । यतिका दिनसम्म नाम नराख्दा भयो, यो सेसनमा प्रदेस नं १ को नाम नराखिने निश्चित भयो, बाहुन नेताहरुले केन्द्रिय राजनीति तहस नहस गर्दा भयो, अब तपाई आदिबासीको छोरा मात्र यो गलत नामाकरण गर्ने कुरामा नतम्सिनुस ।’

अध्यक्ष कुमार लिङ्देन “मिराक”ले थप कुरासमेत लेखेका छ्न, ‘नेपाल पुन:सं’क्रमणकालमा फस्यो, भोलिको भविष्य कसैलाई थाहा हुदैन, त्यसैले तपाईले आफ्नो छवि नबिगार्नुस सि.एम ज्यु, सक्नु हुन्छ भने प्रदेस नं १ को नाम लिम्बुवान-किरात-खम्बुवान राख्नुस तर कोशी-सगरमाथामा पटक्कै बल नगर्नुस। कोबिडको बेला जनता आन्दोलनमा आउन सक्दैनन, यहिबेला दाउछोप्नु पर्छ भनेर काम गर्नु भो भने यो भुमी र समुदायप्रती गरिएको सबै भन्दा ठूलो पाप हुनेछ । जय लिम्बुवान, जय किरात-खम्बुवान, जय शेर्पा, जय तामाङ्सालिङ, जय नेवा, जय दलित, जय मगरात, जय मधेस, जय थरुहट, जय तमुवान !’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्