Logo

निर्बाचन आयोगको निर्णयप्रति अध्यक्ष, यादबपक्ष असन्तुष्ट : आयोग प्रभाबित भ​एको डा. भट्टराईको आरोप


 

काठमाण्डौ- निर्वाचन आयोगले जसपाको बहुमत पक्षको निर्णयलाई वैधानिकता दिन अस्वीकार गरेको छ । आयोगको निर्णयलाई लिएर जसपाको बहुमत पक्ष संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले असन्तुष्टि जनाएको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले भने आयोगको निर्णय स्वीकार गर्ने र थप छलफलपछि अन्य कदम चाल्ने बताएको छ ।

पार्टी विवादपछि निवेदन लिएर आयोग पुगे पनि आयोगले समाधान नदिएपछि जसपाका दुवै पक्षसँग विकल्प साँघुरिएका छन । जसपाका दुवै पक्षसँग अब नयाँ पार्टी गठन वा सँगै रहने बाध्यात्मक अवस्था आइलागेको छ । कानुनी हिसाबले एकै भए पनि राजनीतिक र व्यावहारिक हिसाबले विभाजित जसपाबारे आइतबार आयोगको अमूर्त निर्णय आएको छ । विवाद बढेपछि जसपाका दुवै पक्ष एक–अर्कालाई कारबाही गरेको भन्दै दल दर्ताको विवरण अद्यावधिक गर्ने निवेदन लिएर आयोग पुगेका थिए । तर, यस्ता कारबाही दलको विधान र कानुनसम्मत नरहेको निष्कर्षसहित आयोगले साबिककै पदाधिकारी कायम रहने फैसला सुनाएको छ ।

निर्वाचन आयोगले उक्त कारबाहीलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम अद्यावधिक गर्न नमिलेको भन्दै राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (६०) बमोजिम सो दलको पदाधिकारीको विवरण साबिककै कायम रहेकाले प्रस्तुत निर्णयको जानकारी दलका दुवै अध्यक्षलाई दिने निर्णय गरेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

तर, अध्यक्ष यादव पक्षले भने आयोगको निर्णयमा असन्तुष्टि जनाएको छ । यादव पक्षका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले आयोगले दलीय व्यवस्थामाथि अंकुश लगाउने निर्णय गरेको भन्दै यसको कानुनी र राजनीतिक उपचार खोज्ने बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्