Logo

समयमै झोलुङ्गेपुल मर्मत नहुँदा स्थानीयबासिलाई आवतजावतमा कठिनाई


 

उद्बब बिश्वकर्मा
दोलखा – स्थानीय सरकारको जनप्रतिनिधिहरुले ठुलाठुला बिकासका आश्वासन प्रस्तुत गर्ने तर कार्यन्वयमा शून्य प्रगति हासिल गर्ने प्रबृत्तिले आफै विवादमा तानिन्छ्न, त्यस्तै एउटा नमुना छ, दोलखा जिल्लाको उत्तरी क्षेत्रको बिगु गाउपालिकाको वडा नं २ र गौरीशंकर गाउपाकिकाको ८ नं वडाको तल्लो जगत जोड्ने झोलुङ्गे पुल गत बर्षको २०७७ साल साउन ३१ गत्तेको बर्षादको कारण भत्किएको हो।

तर एक बर्ष बितिसक्दा समेत संबन्धित निकायले कुनैपनी चासो नदिदा समयमै पुलको मर्मत हुन नसक्दा स्थानीयबासिलाई सास्ती हुनुको साथै आवतजावतमा समस्या भएको छ। नेपालको बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवेश द्वार र सिपृङखोला जलविद्युत आयोजनाको मुखैमा रहेको सो झोलुङ्गे पुलको यो भग्नाबशेषले अहिलेसम्म कसैको ध्यान तान्न सकेको छैन।

पुलको यस्तो अवस्था देख्दा पनि संबन्धित निकाय तथा सरोकारवाला कसैको चासो र पहल नभ​एको कारण स्थानियबासिले यस्तो सास्ति भोग्नु परेको स्थानीयबासि मदन श्रेष्ठले बताए। यहि पुल नजिकैको विद्युत स्थल अबलोकन गर्न देशका प्रधानमन्त्री देखि ठुलाठुला पहुँचवाला ब्यक्तिहरु जाहजमा सवार हुने । बिकासको चर्का भाषण सुनाउने तर यहिँ निर भत्किएको झोलुङ्गे पुल नदेख्ने श्रेष्ठको गुनासो छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्