Logo

राजनीति फोहोरी खेल होईन फोहोरी मान्छेको प्रवेशले राजनीतिमा समस्या देखियो – पृथ्वी सुब्बा गुरुङ


गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धनको आयु लामो नभएको प्रतिक्रिया दिएका छन् ।

आइतबार यहाँ पत्रकार सम्मेलन गर्दै उनले अप्राकृतिक गठबन्धन भएको भन्दै गठबन्धनकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेकोले यो गठबन्धनको आयु पनि लामो नहुने प्रतिक्रिया दिएका हुन्।

सबै दलमा विभाजनका रेखा कोरिएको भन्दै उनले सबै दलले आफुलाई करेक्सन गर्नसक्नुपर्ने बताए ।

गण्डकीमा एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निभाउने उनको भनाइ छ। ‘प्रदेशमा अव एमालेले रचनात्मक प्रतिपक्षको भुमिका खेल्छ।

तर गुटउपगुटमा विभाजित अप्राकृतिक यो गठबन्धन पूर्वपश्चिम फर्केको छ।

कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुन्छ र गठबन्धनको आयु लामो छैन,’ गुरुङले भने, ‘मेरो भूमिकामा फरक पर्ला तर प्रदेश सभा ५ वर्ष चल्नुपर्छ भन्ने मान्यतामा म अडिग छु।’

उनले राजनीति फोहोरी खेल नभएपनि राजनीतिमा फोहोरी मान्छेको प्रवेशले नेपालको राजनीतिमा समस्या देखिने गरेको गुरुङको भनाइ छ ।

​‘प्रदेशका सबै सदस्यले दाबी गर्न पाउँछन्। उपधारा ५ मा त्यो व्यवस्था छ। के मैले दाबी गर्दा अपराध हुन्छ ? कहाँ छ संविधानमा मुख्यमन्त्रीले दाबी गर्नुहुँदैन भन्ने ?

फेरि मसँग २७ जना सांसद छन्’, गुरुङको भनाइ थियो। उनले सहज र डेमोक्रेटिक प्रक्रियामार्फत सरकार परिवर्तन भएको पनि बताए।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई संघीयताको मर्मअनुसार काम गर्न उनको सुझाव थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्