Logo

नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता परीक्षा नहुने


नेपाल नर्सिङ काउन्सिलले २७औँ नाम दर्ता परीक्षा कोभिड–१९ महामारीका कारण आउँदो असार २३ नहुने स्पष्ट पारेको छ ।

काउन्सिलले परीक्षासम्बन्धी सामाजिक सञ्जालमा भाम्रक सूचना आइरहेको भन्दै काउन्सिलको वेबसाइटमा राखिएको सूचनालाई मात्रै आधिकारिक मान्न आग्रह गरेको छ ।

काउन्सिलले यसअघि जेठ १८ गते कोभिड महामारी र निषेधाज्ञालाई मध्यनजर गर्दै दर्ता परीक्षा उक्त मितिमा लिन नसकिने जानकारी प्रकाशन गरेको थियो ।

तर, सामाजिक सञ्जालमा दर्ता परीक्षाको फारम विवरणसहितको तालिका राखी सूचना सार्वजनिक भएकाले यसबारे गम्भीर ध्यानाकर्षण भएको पनि काउन्सिलले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्