Logo

दीपक मनाङेले नयाँ जीवन र भूमिका चाहेमा उनलाई वञ्चित गर्न नहुने – डा.भट्टराई


जनता समाजवादी पार्टीका संघीय परिषाद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीव गुरुङ (दीपक मनाङे)ले नयाँ जीवन र भूमिका चाहेमा त्यसमा उनलाई वञ्चित गर्न नहुने बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा डा. भट्टराईले उनीमाथि पूर्वाग्रह राख्न पनि नहुने बताएका छन् ।

‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरुङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन वञ्चित गर्ने ?

किन पूर्वाग्रह राख्ने ?,’ डा. भट्टराईले फेसबुकमा लेखेका छन्। आफूले मनाङेलाई भेटेको भन्दै भएका विभिन्न टीकाटिप्पणीलाई अन्यथा मान्न नहुने उनले लेखेका छन् ।

मानिस जन्मजात अपराधी नहुने र समाज राज्यले अपराधी बनाउने उनको तर्क छ ।

‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अ’पराधी हुन्न। समाज राज्यले मान्छेलाई अ’पराधी बनाउछ।

साथै, वर्गीयजातियलैंगिक विभेद भएको समाजमा राज्यसमाजको वर्चस्वशाली तप्काले उ’त्पीडित बहिष्कृत तप्कालाई सहजै ‘अ’पराधी’ बनाइदिन सक्छ।अतःअ’पराध अ’पराधी एक सापेक्ष अवधारणा हो,’ डा. भट्टराईले लेखेका छन् ।

उनले नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा बसेको बताएका छन्। ’मैले २०५९०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेलबन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ– नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्;अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्।

त्यही सोचका साथ आफु प्रम छककदा मैले जेलसुधारनिम्ति तत्कालीन सांसद देवी खककड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन,’ डा. भट्टराईले लेखेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्