Logo

जेबियर लिटरेचर क्लबले जुममार्फत “मेरो कविता र म – २” कवि सम्मेलन गर्यो


जेबियर लिटरेचर क्लबले विगतमा झैँ यसपटक पनि जुममार्फत ” मेरो कविता र म -२” शीषॅकमा महिला कवि सम्मेलनको आयोजना गरेको छ ।

वरिष्ठ कवयित्री कुन्ता शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा करीब दुई दर्जन कवयित्रीहरूले आफ्ना दुई-दुई वटा कविता वाचन गरेका थिए ।

महिला कवयित्रीहरूका करीब तीन पुस्ताको उपस्थिति रहेको उक्त कवि सम्मेलनमा संयोजक इन्द्रकुमार श्रेष्ठ सरित्ले सम्पुर्ण सहभागीहरूलाई स्वागत गरेका थिए भने परिकल्पनाकार दीपेन दाहालले कार्यक्रमको उद्देश्य बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा जेबियर कलेजका विद्यार्थीहरूले पनि आ-आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा उपस्थित भइ आफ्ना रचना वाचन गर्ने कवयित्रीहरु :-
– कुन्ता शर्मा
– गङ्गा कर्माचार्य पौडेल
– डा. शैलजा पोखरेल
– सरस्वती गौतम
– सुशील ढकाल अधिकारी
– सीता विष्ट कार्की
– तारा केसी
– ममता मृदुल
– सरस्वती श्रेष्ठ सरु
– राधा कार्की
– द्वारिका कुइकेल
– उर्मिला पन्त पाण्डेय
– कमला ढकाल अधिकारी
– सीता आस्था ढुङ्गेल
– सुधा मैनाली
– आश्मा अर्याल
– गङ्गा अभिलाषी
– कौशीला रिसाल
– जीविका अश्रु
– रेखा सुवेदी
– चन्द्रा नेउपाने
– कविता विष्ट
– कला पोखरेल
रहेका थिए । कार्यक्रममा नेपाल, भारत र अमेरिकाका कवयित्रीहरूको संलग्नता रहेको थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्