Logo

गण्डकी प्रदेशमा नयाँ सरकारका लागि दिएको समय सकिँदै


गण्डकी प्रदेशमा नयाँ सरकारका लागि दाबी गर्ने समय अहिले दिउँसो ३ बजे सकिँदै छ ।

विपक्षी गठबन्धनले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भइ हस्ताक्षर बुझाइसेको छ । प्रदेश प्रमुखको कार्यालयले पनि छुट्टै हस्ताक्षर गराएको छ ।

संविधानको धारा १६८ (५) बमोजिम सरकार बनाउन गण्डकीमा ३० सांसद भए पुग्छ ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा शुक्रबार पदमुक्त भएका छन् ।

उनी पदमुक्त भएसँगै ६० सदस्यीय गण्डकी प्रदेशसभा सदस्य संख्या ५९ कायम भएको छ ।

५९ को बहुमत संख्या ३० भए सरकार बन्छ । विपक्षी नेपाली कांग्रेस १५, माओवादी केन्द्र ११, राष्ट्रिय जनमोर्चा (थापा बाहेक) २, जनता समाजवादीका २ सहित ३० र १ जना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरि ३१ जनाको गठबन्धनले प्रदेश प्रमुख समक्ष बहुमत दाबी गर्दै मुख्यमन्त्री दाबी गरेको छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले अध्ययन गर्नेभन्दै शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी थिइनन् । उक्त समयसीमा अहिले ३ बजे सकिँदैछ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेपछि आज ३ बजेसम्मको समयसीमा दिँदै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आह्वान गरेकी थिइन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्