Logo

ज्ञानेन्द्र शाहीको समूहमाथि आ’क्रमण


ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आ’क्रमण भएको छ ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आ’क्रमण भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आ’क्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झ’डप भएको बताए।

एसपी भट्टले भने, ‘यो आ’क्रमण भन्दा पनि दुई समूहबीच झ’डप भएको हो। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको छ।’

उनले आ’क्रमणबाट घा’इते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आ’क्रमण भएको उल्लेख गरेका छन् ।

निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका विभिन्न जिल्लामा पुग्दै आएको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्