Logo

नेपाली काङ्ग्रेस दोलखा स्वास्थसामाग्री सहित जनतामाझ पुग्दै


 

 

उद्बब बिश्वकर्मा

दोलखा – यो अप्ठ्यारो सङ्कटको बेला नेपाली काङ्ग्रेस दोलखा यत्तिबेला बिभिन्न स्वास्थ्य सामाग्रि लिएर जनतामा पुगिरहेको छ। त्यस्तै यो बिपत्तको घडिमा नेपाली काङ्ग्रेस दोलखाको नेतृत्वले, बर्षादको कारण पहिरोले बाटो भत्किएर आवतजावत भन्द भ​एको ठाउँ हरुमा डोजर उपलब्ध गराई आवस्यक सडक मर्मतगरि जनताको आवत जावतमा सहजयता ल्याउने साथै आवस्यक राहतको लागि पनि पहल गरिरहेको छ।

बिश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण दोलखा जिल्ला पनि पुर्ण रुपले प्रभावित भैरहेको बेला जनसमुदायमा सहज स्वास्थ सेवा पुर्याउने उदेश्यका साथ दोलखा जिल्लाका मात्र नभई, देश बाहिर रहेका शुभेच्छुकहरुले पनि उत्तिकै साथ दीईरहेका छन। केही दिन अगाडि दोलखाका युवा नेता बर्मा लामाको पहलमा गौरीशंकर बिजनेस ग्रुप जापानद्वारा दोलखाको मेलुङ गाउपालिकाको मेलुङ स्वास्थ चौकी, पवटी स्वास्थ चौकी, डाँडाखर्क स्वास्थ चौकी र भेडपु स्वास्थ चौकीमा आइसुलेस बेड देखि अक्सिजन मेसिन पि पि ए सेट लगायतका स्वास्थ सामाग्री हस्तान्तरण गरेका थिए, भने चरिकोट अस्पताल, सिङ्गटी अस्पताल, शसस्त्र प्रहरी गुल्म, नेपाल प्रहरीकालागि पनि आबश्यक स्वास्थ सामाग्री उपलब्ध गराएका थिए।

युबा नेता तथा नेपाली काङ्ग्रेस कालिन्चोक गाउपालिकाको सचिब, पदम पाठक लगायतका टोलिले पनि कालिन्चोक सरोकार समाजको माध्यमबाट विभिन्न स्वास्थ्यसंस्था तथा ब्यक्ति हरुलाई स्वास्थ्य सामाग्री र औसधिजन्य सामाग्रीहरू उपलब्ध गराएका थिए, भने दोलखाकै शैलुङ गाउपालिका एक, टकुटीका काङ्ग्रेस नेता खड्का बहादुर राउतको अगुवाइमा पनि विभिन्न स्वास्थ सामाग्री, बिपत ब्यायबस्थापन समन्वय समितिलाई हस्तान्तरण गरिएको छ।

त्यसैगरि, दोलखाकै गौरीशंकर गाउपालिकाको पार्टी सभापति श्यामसुन्दर तामाङ तथा युवा नेता बिमल आचर्य लगायतका अगुवाहरुको अगुवाइमा पनि केही दिन भित्र नै अत्यावश्यक स्वास्थ सामाग्री पालिका भित्रका स्वास्थ्य संस्था तथा नागरिकको लागि उपलब्ध गराइने संबन्धित श्रोतले जनाएको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्