Logo

सभामुखले राखेको बैठकमा अध्यक्ष केपी ओली अनुपस्थित


सभामुख अग्निप्रसाद सापकोटाले राखेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

सभामुख सापकोटाले आज सर्वदलीय बैठक राखेका छन्। अहिले बैठक जारी छ। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभामुख सापकोटाले प्रमुख दलका शीर्ष नेतालाई छलफलमा डाकेका थिए।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दीपक बोहरा र नेमकिपाबाट प्रेम सुवाल सहभागी छन्।

सभामुख सापकोटाको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीलाई पनि बैठकका लागि बोलाइएको थियो।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र दलका नेतालाई पत्राचार गरेर बैठकमा आउन भनिएको थियो।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्